रेडियो राप्ती सल्यान
असार ११

लामो समयको खडेरी पछि निरन्तर जसो पानी पर्न थाले पछि सल्यानका किसानहरु खुसी भएका छन् । लामो समय देखि पानी नपरेपछि हिउँदे बाली राम्रो सँग भित्राउन नपाएका किसानहरु निरन्तरको पानीले बर्षेबाली राम्रो सँग सप्रिने भएकाले खुसी भएका हुन् । समान्यतया जेठ महिनाको अन्तिम साता देखी छिटफुट रुपमा पानी परेपनि असार लागे संगै निरन्तर पानी परेपछि किसानले लगाएको मकै तथा बिभिन्न जातका तरकारी बाली सप्रिने बताएका छन् । धान रोप्नको लागी पानीको अभाब भएकोमा पानी परे पछि राम्रो भएको तथा धानका लागी पनि सिँचाइको सहजता हुने जिल्ला कृषि विकास कार्यालय सल्यानले जनाएको छ । त्यस्तै फुल्दै तथा फल्दै गरेका बिभिन्न फलफुललाई चाहिने पानी पनि सहजरुपमा आपूर्ती भईरहेको छ । लगातार पानी परेपछि खडेरीले सुक्दै गएको बन जंगल पानी पर्दा हराभरा हुँदै गएको छ ।
0 comments: