Saturday, January 30, 2016

2072-10-2 कार्यक्रम मुत्तक डायरीमा वाचन गरेका मुत्तकहरु

मैले हिजको कार्यक्रम मुत्तक डायरीमा वाचन गरेका मुत्तकहरु
हासी हासी डोलि चरेउ जति मन पराएनी।
अर्कै संग बिहे गरेउ जति मन पराएनी।
तिमै हात को सिन्दुर लाउछु भन्थेउ हिजो अस्ति सम्म,
पराइको सिन्दुर भरेउ जति मन पराएनी।
THakur Prasad Oli
Damachaur Salyan.
Haal- BIranu Thau..
अमर मगर भाबुक
तिम्रो ति मायाको तिखो वाण,, प्रहार भयो
त्यसैले तिम्रो सामु मेरो माय त,, हार भयो
सधै सोच्थे तिमिलाई आफ्नै बनाउ भनेर
तर मेरो सोच सधै को लागि ,,बेकार भयो
अमर मगर भाबुक
सैघा 9 दाङ्
अमृत राणा
मरिसक्यो भन्छौ रे तिमी म त यहाँ जिउदै छु,
च्यतिएको मुटुलाई बाँच्ने आशमा सिउदै छु,,
भुन्न खोज्दा भुल्न गारो हुने पिरती यादहरु,
तिम्लाई भुल्ने बाहानामा नसा पानी पिउदै छु,,
अमृत राणा
पञ्चकुले ५,दाङ
सि.पि.थापा
आफै मेरो हात समाई छोड्दे भनी उसले ।
निर्दोषीको सबै हात खुट्टा तोड्ने भनी उसले ।।
धन पैसा हिरामोती सबै पाउँदा ।
मेरो मुटु अन्यत्र जोड्दे भनी उसले ।।
सि.पि.थापा सिन्वाङ ८ सल्यान,,
हाल-मलेसिया
Nirmal Sharma Khanal
तिम्रै मुटुको बाँया पाटो मा छु ।
रक्तसंचार हुने बाटो मा छु ।
भौतारिदै टाडाटाडा खोज्नु पर्दैन सानु,
तिमि हिड्ने पाईलाको माटो मा छु ।
निर्मल शर्मा खनाल
भेरीमालिका न/पा -२, जाजरको
राजेश बिबस दङगाली
मीठो खाने राम्रो लाउने मन को रहर म।
छिरेको म दुई बरस भो स्वार्थी सहरम ।
प्रहार गर्छ दिन रात निस्ठुरी दुनिया ले ।
टुकरि रहन छ तन मन हजार पहर म।
राजेश बिबस दङगाली
धनौरी ६ कासिपुर
हाल सौदी अरबिया
रेशम कुमार एकल यात्री
तस्बिरहरु जलाई सके छुने छैन अब म..!
धोकेवाजलाई सम्झिकन रुने छैन अब म..!!
आफ्नै छायाँ सँग जिउन सिकिसके मैले..!
तिमी बिना एक्लो कहि्ल्यै हुने छैन अब म..!!
रेशम कुमार एकल यात्री
तु.न.पा १ खमारी दाङ
हाल दोहा कतार
दलु बुढाथोकी पल्लोघरे कान्छो
नियतिले च्यातिएको,,झोला बोकायो !
पापी दैवले नि फाटेको,चोला बोकायो!!
निकै दियो चोट अनि,दर्दका ब्यथाहरु !
खुसी भने किलो होइन,तोला बोकायो!!
दलु बुढाथोकी बिचल्लीत
पन्चकुले-७,दाङ
हाल मलेसिया
राजन बिरहि कार्कि
खुसियाली छोडि आज म जादैछु !
एकान्तमा रुन आँसु साथ लादैछु।।
तिम्रो बस्ती छाेडि तिम्रो मस्ती छाेडि
साच्चै म तिमीबाट टाढा जादैछु ।।।
राजन बिरही कार्की मटेला 5 सुर्खेत
हाल मलेसिया
Anil Kc
न फक्रिदै फुललपनी,झर्नु को के अर्थ
चुइने भाडो मुल पानिले,भर्नु को के अर्थ
अछुत भन्ने जातले,बनाएको तामा माथि
फुल अछेता दुबो पाथी,छर्नु को के अर्थ
मन जलेको मान्छे
सुर्खेत तातापनी नौ बच्छि
हाल बिरानो मुलुक
परदेशी मान्छे
के के भोग्नु पर्ने मै कर्म हाराले ।।
भन्छन चल्दैन जीवन यो पाराले ।।
रुदै रुदै गल्ती छैन मेरो भन्दा नि ।।
दोष मेरै देख्छ यो दुनियाँ साराले ।।
Nabin Rijal
Khotang ..
अमर अनुरागी अन्जान
खोज्दै छु गुन यहाँ (सुन) दिएर।
हुदैन रहेछ चियामा (नुन) दिएर।
म आफै छक्क पर्छु यो दुनिया देखि
सकिन बचाउन आफ्नो (खुन)दिएर।
अमर अनुरागी अन्जान(संखुवा सभा
हाल साउदी अरब
Aaryan Sharma Nepal
फुलसँगै मिठाे बास्ना पराग अाएजस्ताे लाग्याे
छिमेकीले घुरेकाे सुन्दा बाघ अाएजस्ताे लाग्याे
भन्दै रुन्थ्याे सानाे भतिजाे काका ! ढाेका बन्द गराैँ !
चैत बैशाख महिनामै माघ अाएजस्ताे लाग्याे ।
अार्यन शर्मा नेपाल
वराहक्षेत्र, सुनसरी
क बि सूबेदी
माग्न आँउदा नदिए त भोगाएर लान्छ अँरे ।
नगए पछि मर्छू भन्दै फोकाएर लान्छ अँरे ।।
भन्ऩे गर्छ माया भिन्न सबै कुरा जाहेज हून्छ ।
देखे भने सँका हून्छ जोगाएर लान्छ अँरे
क बि सूबेदी
दाङ्ग देउँखुरी
गणेश संघर्ष
पीडा मलाई बार-बार दिए पछि!
बेदनाको बहार उपहार दिए पछि!
रोएरै आँशुले संसार डुबाई दिऊ लाग्छ,
निष्ठूरी मायाले चोट हजार दिए पछि!
गणेश 'संघर्ष'
सिलगढी डोटी
भोला देवकोटा
सर्वप्रथम यहाँ हामीलाई गाँस चाहियो
सरकार छिट्टै हामीलाई आवास चाहियो
कति मरीसके कति मर्न लागिसके यहाँ
पछि सम्म जीवन जीउने साहस चाहियो
Bhola Devkota 'Fuchche'
Kalleri 8 Dhading
Now KTM
कर्ण बहादुर बुढा मगर
तिमी सँगै चौतारीमा ,,बिशाउने छकी कोहि !!
मैले तिमिलाई बोलाए भने,,रिशाउने छकी कोहि
पागलै बनाउने तिम्रो त्यो मिठो बोलिमा !!
माया को बीस ,,मिशाउने छकी कोहि
कर्ण बहादुर बुढा मगर (रिदेश प्रेम)
सुब घाट गँगा माला नगरपालिका
गुमि ९ सुर्खेत हाल - मलेसिया
नबिन पुर्बेली
हेर्दा खेरी काली काली रैछौ दिल वाली
बर्षौ देखी देख्दैछु मैले सिउँदो खाली
तिम्रै निम्ती हरेक पल सोच्दैछु पर्देशमा
हुन्छ भने लान्छु तिम्लाई सिन्दुर हाली
नबिन पुर्बेली एकान्त प्रेमी
हाल पुर्बको देश मलेसिया,,
बिनोद अर्याल
आउँदै छु म हासो उल्लास लिएर।
सजाउन सिरमा लालिगुराँस लिएर।।।
पर्खी बस्नु जुनेली रातमा निदरी सङ्गै ।
आउँछु खुसी प्यार अनि मधुमास लिएर।।
बिनोद अर्याल
नुवाकोट नेपाल
हाल:-रियाद साउदी अरेबिया
धदिङ्को चेली बिन्दा
हिजो नाता जोडेर आज तोड्नेहरु जन्मे,
आफ्नै भाई मारि अर्का फरिया ओढ्नेहरु जन्मे ,,
दौरा सुरुवाल टोपी भित्र मानबता हराएका,,,
देश टुक्र्याउन अबोधको टाउको फोड्नेहरू जन्मे
Binda khatiwada " luri "
Kathmandu
Raj Solu
हेर्दै जाऊ अझै के के देखाउँछ नेताले !!
पक्कै यस्तो इतिहास लेखाउँछ नेताले !!
भोक प्यास र जाडोले मर्ने छ्न जनता !!
उसैलाई जलाएर हात सेकाउछ नेताले !!
राज सोलु "अछुत"
नेचा गैरी सोलुखुम्बु
हाल मलेसिया
Krishna Pratap Mahat
अजिब अजिब काम गर्ने भोक जागेकोछ ।
गाउँ घर इष्ट मित्रमा शोक जागेको छ ।
पागलपन निदान हुने के पो होला ओखती,
मलाइ आजकाल मायाको रोग जागेकोछ ।
-कृष्ण प्रताप महत
पिपलधारा -०३ बङ्ग्ज्याङ्ग, गुल्मी
Dipa Gharti Magar
कुनै दिन माया गर्ने अर्को मान्छे भेटिनेछ
हराएर मनकाे पिर केही खुसी भेटिनेछ
म त्यही दिनकाे प्रतीक्षामा छु
जुन दिन यो मुटुमा छापिएको तिम्रो नाम मेटिनेछ
Dipa magar
malneta salyan
भरत थापा
जसरी बुझ जिन्दगी बुझ्नलाई
सकिन्छ चाहे काँडामा फुल्नलाई
केही सोच उठेर आफू भन्दा माथी
चित्तामा छ ठाउ सधै सुत्नलाई
भरत थापा
पुझा -3 सिन्धुली
हाल दक्षिण कोरिया
चुडामणि के सी मुक्तक
छैन कतै जुन अन्धकार अधेरी रातमा छु
छैन कोही अाज मसंग अाँसुको साथमा छु ।
जे गरे पनि हर्ष र खुसी कहिल्यै छैन मलाई
दु:ख अनि पीडै पीडाको अाज खातमा छु ।।
चुडामणि के सी
बा.न.पा १० पिपलनेटा सल्यान
Jee Van Jyoti Gm
तिमी आफ्नो अस्तित्व बेच्ने नारी हौ।।।
तिमी इज्जेत हैना पैसा सोच्ने नारी हौ।।।
तिमी को हौ तिम्रो आचरण बुझे मैले!!!।।।
तिमी झ्याउरे हैना पप र्यापमा नाच्ने नारी हौ।।।।।
जीवन ज्योती जि.ए.म......
दमाचौर 4 सल्यान।।।।।.
छविकिरण अधिकारी मुक्तक
हो, छ घाउ मुटुभित्र, छ खत मुटुभित्र।
त्यसैले होला पोल्छ भतभत मुटुभित्र॥
तिमी भन्छ्यौ, कति सजिलै, भुलिदेऊ।
यहाँ बल्झिराछ, सिँगै बिगत मुटुभित्र॥
छबिकिरण अधिकारी
बागचौर नगरपालिका
10 पिपलनेटा सल्यान
Hari Kc Yakal Sahayatri
गाह्रो भएपछि अनि जटिल भएपछि
जिन्दगी जिउन सधै मुस्किल भएपछि
अनि सबैले हेप्दा रहेछन यहाँ: सधै
जिन्दगीमा हार अनि कंगाल भएपछि
हरि के सी एकल सहयात्री
बा.न.पा १० पिपलनेटा सल्यन
Previous Post
Next Post

post written by:

0 comments: