दिपक शर्मा
असार ११, सल्यान
असार ११, सल्यान

सल्यानको मुलखोला स्वास्थ्य चौकीमा विगत लामो समयदेखि उपचार उपकरण अभावमा स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको छ । औषधीसँगै विरामीको लागि सामान्य उपचार उपकरण नभएको स्वास्थ्य चौकी मुलखोलाले जनाएको छ । चौकीको भवन जिर्ण तथा साँघुरो भएकोले बिरामी उपचारमा समेत समस्या झेल्दै आएको छ । चौकीमा देवस्थलबाट भ्याक्सीन बोक्न बाध्य छन् । ९ महिनादेखि सोलारको ब्याट्रि पट्किँदा फ्रीज सञ्चालन हुन सकिरहेको छैन भने औषधी किपर कोठा, बिरामी बेड, टाँका लगाउने सामान्य स्ट्रीच समेत र विपि सेट, फेमली पलानिङ्क मेथोड, इक्जामेनिसन मेथोड, डेलीभरी सेट, डेलीभरी बेड, सक्सन, वेवेर्वाम र आदि अस्पतालमा नभएको बताइएको छ । भएका जति सबै पुराना सर सामान केहि बिग्रीएको, भाँचिएको, खिया लागेका कारण भएजति सबै सामान प्रयोग विहिन अवस्थामा रहेको अस्पतालले जनाएको छ । अर्कोतर्फ प्रसुती सेवाको प्रसुती वार्ड भने गाई वस्तुभाउ बस्ने गोठको जस्तै अवस्था रहेको छ । डेलीभरी तथा प्रसुती सेवातर्फ पनि निकै समस्या भएको अस्पताल स्रोतको भनाई रहेको छ । प्रसुती गराउँदा, प्रसुती महिला तथा बच्चाको स्याहारलगाएत अन्य साधान अभावमा समेत डेलीभरी गराउनुपर्ने बाध्यता रहेको छ । विरामीले भनेअनुसारको औषधी लगाएत खुट्टा काटिएको, हात काटिएको बिरामी आउँदा स्टीच गर्ने साधान हुँदैन । जसले गर्दा विरामीका आफ्न्तको गाली खानुपरेको अस्पतालकी मासिका भवानी श्रेष्ठको भनाई छ । बिरामी उपचार र चेकजाँचको साधान नहुँदा निकै समस्या भएको मुलखोला स्वास्थ्य चौकिका कर्मचारीले बताउने गरेका छन् ।
0 comments: