Saturday, June 25, 2016

मलाई यो उमेरमा टिक्न गाह्रो छः सलमान




मुम्बई । चलचित्र ‘सुल्तान’का सन्दर्भमा दिएको एउटा अन्तरवार्ताको क्रममा ‘बलात्कार’ को प्रसंगले सलमान ठूलै विवादमा फसे । समाजिक सञ्जाल मार्फत सलमानको आलोचना गर्नेहरु निकै बढे । जुन अन्तरवार्तामा उनको बलात्कारको कुरा गरेका थिए, त्यो बाहेक ४५ मिनेट भन्दा बढी अरु कुरा गरेका थिए । उक्त अन्तरवार्तामा सलमानले जिन्दगीका वारेमा अरु पनि कुरा गरेका थिए तर, कसैले चर्चा गरेन । वलात्कार बाहेक अरु के के कुरा गरेका थिए उनले ।
५० को उमेरमा गार्‍हो
सलमान खान उमेरले ५० वर्षका भए । उनको भनाई अनुसार यो उमेरमा फिल्म उद्योगमा टिक्न त्यति सजिलो छैन । उनले भनेका थिए ‘यो उमेरमा शरीर पनि कमजोर भएको महसुस् हुँदो रहेछ ‘ ।
बलिउड फिल्म उद्योगमा हिरो बन्नका लागि राम्रो शरिर हुनैपर्ने मान्यता रहेको भन्दै उनले सौन्दर्य टिकाउन निकै मेहनत गर्नुपर्ने बताए ।
salman khan
हलिउड फिल्म बलिउडका लागि खतरा हो भन्ने लाग्छ उनलाई । साथै क्षेत्रिय फिल्मको सफलताप्रति पनि बलिउड सजग हुनुपर्ने उनको भनाई थियो ।
‘भोजपुरी, मराठी, पञ्जाबी, दक्षिण भारतीय फिल्मको प्रभाव क्रमश बढ्दो छ’ उनले भने ‘अब हिन्दी सिनेमाको टिकटको मुल्य घटाएर सिनेमा घरको संख्या बढाउन जरुरी छ अन्यथा हिन्दी फिल्मको पतन निश्चित छ’ ।
त्यसो त हलिउड फिल्म समेत बलिउड फिल्मको प्रतिस्पर्धी बनेको तर्फ सचेत हुनुपर्ने औल्याए उनले ।
शाहरुखसँग सामना
फिल्म सुल्तान र रइएकै साथ रिलिज हुने कुरो टरेपछि उनी केहि खुशी देखिए । ‘मेरो र शाहरुखको फिल्म एउटै मितिमा प्रदर्शन हुने कुरो थियो तर, शाहरुखको फिल्म निर्माण पूरा नभएको कारण अहिले प्रदर्शन नहुने भयो’ सलमानले भने ‘निर्माताको अहंकारको कारण यदि दुबै फिल्म एकैपटक लाग्छ भने दुबैलाई घाटा निश्चित छ’ ।
बाजीराब मस्तानी र दिलवाले रिलिज हुँदा दुबै निर्देशकलाई घाटा भएको उनको भनाई थियो ।
करिअरमा धेरै उतार चढाब झेलेका सलमानलाई आफ्नो स्टारडम गुम्ने त हैन हल्का डर लागिरहन्छ । उनले आफ्नो बुबाको जिन्दगीवाट धेरै कुरा सिकेको बताए । ‘मुस्किलमा कसरी बच्ने मैले मेरो बुबावाट सिकेको छु’ सलमानले भने ।
Previous Post
Next Post

post written by:

0 comments: