Sunday, February 21, 2016

यता छन है हिजको कार्यक्रम मा प्रसारण भएका मुत्तक हरु
दिपक पुन
खै भने जस्तै हुन्छ कि हुदैन सरोबरी ऊ ।।
मेरो जस्तै मायाँमा बरोबरी ऊ ।।
मुटु धितो राखेर दियको छु उसलाई।।
सावा ब्याज दिन्छ कि दिदैना घरी घरी ऊ।।
दिपक पुन
फलाबाङ रामुचवर सल्यान
हालस् बिरानो बस्ती
Mahatara Chitra
स्वर्ग कि परी अनी दरबार कि रानी राम्रो
मिठो छ हासो अनि लजालु त्यो बानी राम्रो
बिस्तारै डुब्दै छु म तिम्रो प्रेममा
मन्द त्यो बोली अनि मिठो कुराकानी राम्रो
चित्र बहादुर महतारा
तुल्सीपूर दाङ
एल के बिबश बि क
छोडेन मलाई झुटो प्यारले छोडेन,,
र त यो जिन्दगीलाई हारले छोडेन
साल ले त बर्षमा बार्ही माहिन ल्याउ छ ।
तर यी आखा लाई असारले छोडेन ।
नाम एल के बिबश बि क
ठेगाना सारदा नगरपालिका ८ सिमखर्क सल्यान
हाल मलेसिया
सिता योगि
म तिम्रो चाहाना हु थाहा छ सानु मलाई ।
तिमी सगं छुटिने मन कहाँ छ सानु मलाई ।।
के भनौ र पारिवारिक समस्या नै यस्तै छ भो,
तिम्रा भन्दा बढि पिडा यहाँ छ सानु मलाई ।।।
सिता योगि
बरला,सल्यान
यज्ञ पुन
पीडामा मलम लगाउने नि साहित्य हो
मनका संकाहरु भगाउने नि साहित्य हो
बिश्वास गुमाइ निराश भएका मान्छेलाइ
हरेक आशा जगाउने नि साहित्य हो
यज्ञ पुन
भलाक्चा ३ रुकुम
हाल प्रवास
टि।आर।शर्माूअथकमनुू
जागिर छैन पेशा छैन गुलाम गर्छु११
साँझ बिहान यसरी नै पेट भर्छु ११
अस्थई जीवन के भर प्रदेशी को ११
कुन घम्तीमा कहाँ कहिले मर्छु ११
टि।आर।शर्माूअथकमनुू
बामेघ सल्यान
तन लिलामी बनाए मैले मन लिलामी बनाएँ
खाडी बगरमा यसरी जीवन लिलामी बनाएँ
ठुला ठुला स्वप्न बोकि रहर थिएन परदेशीन
बाध्यता ले गर्दा यस कारण लिलामी बनाएँ
कमल सरोवर
धादिङ(भुमेस्थानू९ू गैरीगाउँ
हाल(मलेसिया
चुडामनि बुढाथोकी
रिस उठछ सबै लाई तात्तिनु हुदैना ।
मदिरा को साहाराले मात्तिनु हुदैना ।
एउटा मात्र त छैना यो सँसारमा ।
पर्खिने कोहि छ पक्कै आत्तिनु हुदैना ।
चुडामनि बुढाथोकी
छायछेत्र सात पानी खोला सल्यान
हालस् बिरानो बस्ती ‘‘
निराजन डि सि छितिज
एक्लै थिय जिन्दगिमा हात दियौं तिम्ले।
नजिकिदै गयो दुरि साथ दियौं तिम्ले
मनको पद्रा उघारेर तिम्लाइ हेद्रा खेरि।
सितल सितल चादनिको रात दियौं तिम्ले।
निराजन डि सि छितिज
बा ।न ।पा ढ सल्यान ।
हाल तुलसिपुर
दिपेश कुमार महतारा
ती जुन हेरी तारा हेरी टोलाउदिन अब
नबोल्नेलाई घरीघरी बोलाउदिन अब,
बिश्वासमा घात हुने स्वार्थी यो दुनियाँमा
मनको कुरा कसैलाई खोलाउदिन अब ।।
दिपेश कुमार महतारा
ठेगानास्कांरागिठी सल्यान
९हाल जोहोर बारु मलेसिया
पिपर पुन
चाहेर परदेशको बाटो समाउने रहर कस्लाई छर
साच्चै नदेखेरै आफन्ती गुमाउने रहर कस्लाई छर
वुवाआमाको न्यानो मायालाई चटक्कै छोडेर
अर्काको बोज सहि रमाउने रहर कस्लाई छर
पिपर पुन
सानु थापा मगरूबियोगीू
प्रवाशी भई बाँच्ने रहर थिएन आमा११
आँखामा आँशु साँच्ने रहर थिएन आमा११
भाग्य रेखा कम्जोर राहंदानी बनाए,
छोडेर गाउँ प्रदेश लाग्ने रहर थिएन आमा११
सानु थापा मगरूबियोगीू
सानोश्री४श्रीनगर
गाउँ न।२९बर्दिया०
मध्यपश्यिचमरनेपाल
हाल(क्षितिजपारी
Karna Bm Ridesh Prem
धेरै को सम्बन्ध ,,जोडीयो होला प्रेम दिवस मा ११
पुरानै सम्बन्ध पनि तोडियो होला प्रेम दिवास मा
आस देखाएर पहिले आज अर्कैको अङ्गालो मा ११
यस्तै घाती पाईला ,,मोडियो होला प्रेम दिवस मा
कर्ण बहादुर बुढा मगर ९रिदेश प्रेम०
सुर्खेत .गुमि
हाल(बिरानो बस्ती प्रवास बाट
मनोज ओली
उसले माया मारेर गई१
नतिजा आफैमा पारेर गई११
तिरस्कारको उपहार दिएर ,
मनमुटू अर्कैमा सारेर गई१११
मनोज ओली
मुसिकोट ६,
रुकुम
याम बावु ओली घायल
सम्झेरै दिन कटाइदिन्छु कोही कोहीलाई।।
याद पार्सल पठाइदिन्छु कोही कोहीलाई ।।
फुलको जवाफ पत्थरले दिन्छ भने उनी।
साँच्चै दिलबाट हटाइदिन्छु कोही कोहीलाई ।।
याम बावु ओली घायल
लेखपोखरा छ पोखरा सल्यान
हाल . मलेशिया
होम बहादुर सुनार
औशी अनि पूर्णीमाको रात मिल्दैन
नआउ मेरो पछि तिम्रो मेरो जात मिल्दैन।।
जति कोशीष गर तिमी मलाई पाउने।
बिचार फरक छ अनि बात मिल्दैन।।
होम बहादुर सुनार
कोटगाऊँ ४ रोल्पा
हाल(बिरानो ठाउँ मलेसिया
गणेश संघर्ष
प्रेमले एउटा कहानि बनायो१
भट्टिमा गई पिउने बानी बनायो१
कहिल्यै हँसायो कहिल्यै रुवायो,
यो आत्मा जलाई खरानि बनायो१
गणेश संघर्ष
सिलगढी डोटी
भरत थापा सिन्धुली
नभन टाढा छ उसलाई बन्चित गर्छु।
अरु कसैको नाममा प्रेम समर्पित गर्छु।
तिम्रो भुल्ने आदतलाई चुनौती दिन्छु,
मलाई लागेको बाडुलीले प्रमाणित गर्छु।
भरत थापा सिन्धुली
हाल दक्षिण कोरिया
Nab Raj Sunar
नदाँज भो मलाई तिम्रो धनको तराजुमा
सधैभरि बढी नै छु मनको तराजुमा
जिबनभरी हाँसी खुशी हुनलाई हामी
बराबरी हुनुपर्छ जिबनको तराजुमा
नबराज सुनार
तुल्सीपुर दाङ
हालस्खाडी भुमी कतार बाट
धनजित महतारा
बास्तविक जिवनबाट इतिहास हुदैछ
बन्दै छु मुर्दा लास हुदै छु
जादैछु तिम्रो सामु
कहिले नआउने गरी स्वर्ग बास हुदैछु
धनजित महतारा
रिम सिस्नेरी सल्यान
धर्म राज खड्का
मग मगाउँदो फुल जस्तै भा छेउ रे नी हिजो आज।१ १
मलाई भुली अन्तै माया लछेऊ रे नी हिजो आज।१ १
मेरो मन को मान्छे तिमी उस्को बगैचा मा।१
सबै सुख खुसी दिने पा छेउरे नी हिजो आज।१ १
धर्म राज खड्का
घ कपुरकोट हाल मलेशिया।।
९ सल्यान ०
महेश शर्मा रश्मिु
अब एक्लै यो जीवन यसरी, जिएर मर्नु छ १
बाँकि रहेको माया कसैलाई, दिएर मर्नु छ ११
यो मन पलपल मरेको छ र पनि बाँचेको छु,
हो,साच्चै अब मायाको बिष, पिएर मर्नु छ ११
महेश शर्मा ुरश्मिु
कोहलपुर, हाल शिवजन उ।मा।वि। मा ९क्ष्कअ।ब्न० अध्ययनरत
Hari Kc Ekal Yatree
मान्छेमा ज्ञान हुनुपर्छ अनि चेत हुनुपर्छ
जे काम गर्दा नि मान्छे सचेत हुनुपर्छ
धन पैसा र सम्पत्ति मात्र ठूलो होइन
मान्छेमा अस्तित्व र इज्जत हुनुपर्छ
हरि के सी एकल यात्री
बागचौर नगरपालिका १० पिपलनेटा
सल्यान
Kumar Regmi
खै काली ूप्रेम असफल् भो जोस् रहेन ।।
पागल भन्न थाले मलाई होस् रहेन ।।
कता कता गल्ती मेरै रहेछन्
आखिर यो आत्मा निर्दोष रहेन ।।
कुमार रेग्मी
चितवन
हाल साउदी अरेबिया ।।
सरिता कवर मगर
रुपको धनी धनको धनी मन छैन तिमी संग
हावा चल्दा दिनहु दिने पवन छैन तिमी संग
आकाशमा ताराहरु .........भएपनि जतिसुकै
धर्तिसंग साईनो गास्ँने गगन छैन तिमी संग
सरिता कवर मगर
शा.न.पा १३ स्यानीखाल सल्यान
छवि किरण शर्मा
धुलोसँग खेल्ने मलाई तिमी के छानौली र ।
महलमा छ्यौ झुपडीमा बस्न के मानौली र ।।
हिरामोती सुनचाँदी नभाको यो मान्छेसँग ।
घाँस दाउरा गर्नुपर्छ तिमी के जानौली र ।।
छवि किरण शर्मा
कोटवारा ८ सल्यान
हाल लिवाङ रोल्पा
Raj Solu
तिम्रो सारा दुस्ख पिडालाइ दुर गरेर
सजाउने छु संसार मायाले भरपुर गरेर
यसरी रंगाउनेछु तिम्रो खाली सिउदो
दुई परिवारलाई एकता र मञ्जुर गरेर
भेष राज ९ अछुत मान्छे ०
नेचा बतासे सात गैरी
सोलुखुम्बु
हाल मलेसिया
आर्यन शर्मा
जुनले पनि पोल्न सक्छ
अवाक पनि बोल्न सक्छ
मायारूपी चाबी यस्तै छ
बन्द जीवन खोल्न सक्छ ।
आर्यन शर्मा नेपाल
वराहक्षेत्र, सुनसरी
Rituu Magar
पल पलमा तिम्रो तस्बिर छुन छोडे मैले
एकान्तमा एक्लै बसि रुन छोडे मैले
पिरतिमा जोगि अनि रोगी भय पछि
मलिन मुहार आशुले धुन छोडे मैले
रितु मगर
खाली सल्यान
Dipa Gharti Magar
नचाहरै अन्तै नाता जोड्नु परेको छ
बाद्देतामा तिमीलाई छोड्नु परेको छ
तिमी परदेशमा हुदा मैले गाउँमा
जबर्जस्ती पराईको घुम्टो ओड्नु परेको छ
दीपा मगर
माल्नेटा सल्यान ।
Krishna bulbul:
यो समयले जिन्दगीलाई कतै रुवाईदिने रैछ ।
त्यस्तै बेला आसु पनि आईदिने रैछ ।
म सधै उसलाई आखैमा राख्छु भन्थे
आखामा त आसुले बगाईदिने रैछ
Krishna bulbul:
tulsipur 14 Dang
गाईबाख्रा चराउन बेशी झर्नु पर्छ हेर,,,,,
अईचो पैचो मेलापात गर्नु पर्छ हेर,,,
तिमी चुरिफुरी नगर गाउ जन्छु भनि
केलाएर शुपो मानो पाथी भर्नु पर्छ हेर,,,
सागर खड्का
अर्घाखाँची हाल,,रुपन्देही
Rijal Nabin
हो यो सारा दुनियाँ कै साथ छ तिमीलाई
ठुला मान्छेको सहयोगी हात छ तिमीलाई
रुवाई रुवाई मलाई दुनियाँलाई हाँसो बनाएउ
मेरो तर्फबाट धेरै धेरै धन्यवाद छ तिमीलाई ।।
Nabin Rijal
Khotang nerpa .
Previous Post
Next Post

post written by:

0 comments: