Saturday, June 25, 2016

सल्यानमा आत्महत्या गर्नेको संख्यामा बृद्धि

उत्तर कुमार साहु 
रेडियो राप्ती सल्यान         
असार ११

पछिल्लो समय सल्यानमा आत्महत्या गर्नेको संख्यामा बृद्धि भएको छ । गत आर्थीक वर्षमा ३४ जनाले आत्महत्या गरेकोमा यस आर्थीक वर्षमा ५० जनाले आत्महत्या गरेको एक कार्यक्रममा जानकारी दिईएको छ । सल्यानको खंलगामा शुक्रबार जिल्ला स्वास्थ्य कार्यालय सल्यानको आयोजनामा भएको आत्महत्या न्यूनीकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रममा यस्तो जानकारी दिईएको थियो । गत आर्थीक वर्षमा विष सेवन , झुण्डीयर र हाम फालेर गरी पुरुष १८ जना महिला १५ जना र बालबालीका १ जनाले आत्महत्या गरेकोमा यस आर्थीक वर्षमा विष सेवन , झुण्डीयर र हाम फालेर गरी पुरुष ३५ जना र महिला १५ जनाले आत्महत्या गरेको सोहि कार्यक्रममा जिल्ला प्रहरु प्रमुख डिएसपि श्याम बहादुर खत्रीले बताउनु भयो । डिएसपि खत्रीका अनुसार गरिबी , असफल हुनु , मादक पदार्थ सेवन गर्नु , परिक्षामा असफल , जिवनप्रतिको द्धितृष्णा , अपराधमा संग्लनता लगायतका कारण आत्महत्याका घटना हुने गरेका छन तर पाठ्यक्रममा यस्ता विषयबस्तु समावेस गर्ने , घरेलु मादक पदार्थ उत्पादनमा बन्देज गर्ने , वालबिवाह , वहुबिवाह ,जुवातास खेल्ने काम बन्द गर्ने , सरोकारवाला निकायबाट जनचेतनामुलक कार्यक्रम संचालन गरे मात्रै आत्महत्याका घटनामा कमि आउने बताईएको छ । जिल्ला स्वास्थ्य कार्यलय सल्यानका जनस्वास्थ्य निरीक्षक रबिन्द्र बिष्टको सहजिकरणमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेल, स्थानिय बिकास अधिकारी रामचन्द्र पौडेल जिल्ला स्वास्थ्य प्रमुख डा.मनिषा रावल , सियम.सि नेपाल सल्यानका लोक बहादुर वि.कले उक्त विषयमा आआफ.्ना धारणा राख्नु भएको थियो ।   
Previous Post
Next Post

post written by:

0 comments: