Saturday, June 25, 2016

सरसफाईको अनुगमनमा आएकालाई अपमान गरियो



अनलाइन तहल्का 
 सल्यान          
सरसफाईको लागि अनुगमनमा आएको क्षेत्रिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको टोलीलाई सल्यानका एक विद्यालय निरिक्षकले अपमान गरेको उनिहरुले गुनासो गरेका छन । सल्यानको काभ्रामा रहेको श्री जनता उच्च माध्यमिक विद्यालयमा अनुमगनका लागि गएकोबेला विद्यालय निरिक्षक लिलाधर वपालले आफुलाई अपमान गरेको उनिहरुले बताएका छन । जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको बैठकमा उनिहरुले आफ्नो टोलीलाई ५ मिनेटको समय माग्दा मात्रै विनि वपालले शिक्षकहरुलाई डिस्टर्व नगर्नुहोस भन्दै कुराकानी गर्न आनाकारी गरेको आरोप लगाएका छन । सल्यानलाई यहि असारको मध्येसम्ममा खुल्ला दिसामुक्त बनाउने गरी जिल्लाका सबै गाविस र नगरपालिकालाई खुल्ला दिसामुक्त घोषणा गरेकोबेला अनुगमनमा आएको टोलीले सल्यानका विभिन्न घर, विद्यालय तथा कार्यालयहरुमा नमुना सर्बेक्षण गरेको छ । टोलीले अनुगमन गरेका सबै स्थानका तस्वीरहरु जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिलाई प्रदर्शन गरेको थियो । बैठकमा सहभागीहरुले सल्यानलाई खुल्ला दिसा मुक्त बनाउने अभियानमा सबै लागेको विगतको तुलनामा केहि स्थानमा शौचालय बन्न बाँकी भए पनि घर बनाएपछि शौचालय बनाउनुपर्छ भन्ने भावना आएको र सबैका घरमा शौचालय बनिसकेको अवस्थामा केहि स्थानमा भएका कमजोरीका कारण जिल्लालाई नै घोषणा गर्ने अभियानलाई रोक्न नहुने बताएका छन । बरु जनचेतनाका कामहरु गर्नेगरी सबै लाग्नुपर्ने बताउदै जिल्लामा शौचालय बनाउने मात्रै हैन शौचालयको प्रयोगमा पनि सिकाउनुपर्ने बताएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले यदी जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा हुने अवस्थामा नभए केहि महिना पछि गरिए केहि नहुने बताएका थिए । जिल्लामा अनुगमनमा आएको टोलीलाई जस्तो देख्यो त्यहि रिपोर्ट लिएर जान आग्रह गर्दै उनले बनावटी नवनाएर बास्तविक हुनुपर्ने बताएका थिए । स्थानिय विकास अधिकारी रामचन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन जिल्ला खानेपानी तथा सरसफाई डिभिजन प्रमुख ध्रुवदेव प्रसाद कुम्हालले गरेका थिए । सल्यानलाई असारको मध्यतिर खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने तयारी भैरहेको छ ।
11111(1)


Previous Post
Next Post

post written by:

0 comments: