
असार ११ –
पोल्याण्ड पहिलो पटक युरो कप फुटबलको क्वाटरफाइनलमा पुगेको छ । शनिबार भएको पहिलो प्रि क्वाटरफाइनल खेलमा स्वीट्जरल्याण्डलाई ट्राइब्रेकरमा हराएर पोल्याण्ड क्वाटरफाइनलमा पुगेको हो । पोल्याण्डका लागि खेलको ३९ औँ मिनेटमा ज्याकुब ब्लास्कचेकोस्की गोल गरेर अग्रता दिलाएका थिए । खेलको ८२ औँ मिनेटमा स्वीट्जरल्याण्डका शाक्विरीले गोल गर्दै बराबरी बनाए । निर्धारित ९० मिनेटमा खेल बराबरी भएपछि अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा दुबै टिमले पाएका केहि अवसरमा गोल नभएपछि खेल ट्राइब्रेकर पुग्यो । ट्राइब्रेकरमा पोल्याण्डले स्वीट्जरल्याण्डलाई ५–४ गोल अन्तरले हरायो । पोल्याण्ड तेस्रो पटकको युरो सहभागितामा क्वाटरफाइनल पुगेको हो । समूह चरणको खेलमा स्वीट्जरल्याण्डले अल्वानियालाई १–० गोल अन्तरले हराएको थियो । स्वीट्जरल्याण्डले रोमानिया र फ्रान्ससँग भने बराबरी खेलेको थियो । यस्तै समूह चरणको खेलमा जर्मनीसँग बराबरी खेलेको पोल्याण्डले युक्रेनलाई १–० ले र नर्दन आयरल्याण्डलाई पनि १–० गोल अन्तरले हराएको थियो ।
स्वीट्जरल्याण्डले रोमानिया र फ्रान्ससँग भने बराबरी खेलेको थियो । यस्तै समूह चरणको खेलमा जर्मनीसँग बराबरी खेलेको पोल्याण्डले युक्रेनलाई १–० ले र नर्दन आयरल्याण्डलाई पनि १–० गोल अन्तरले हराएको थियो ।
0 comments: