Friday, June 24, 2016

सल्यान दृष्टिकोणको मृगौला पिडित सहयोग अभियानमा लाखौ रकम


अनलाइन तहल्का 
असार १०, सल्यान । 

 

दुबै मृगौला पिडित सल्यानका एक विरामीलाई संचारकर्मीहरुले चलाएको सहयोग अभियानमा १ लाख भन्दा बढि रकम जम्मा भएको छ ।
सल्यान स्यानिखाल १ डाग्रीका ३६ बर्षिय हेमराज बुढाथोकीको उपचारको लागि सल्यान दृष्टिकोण नामका अनलाइनल फेसबुकमा “हेमराज बुढाथोकीलाई बचाऔ अभियान” चलाएको थियो । अभियानबाट संकलित १ लाख २ हजार राशिको रकमलाई आगामी सोमबार अर्थात असार १३ गते श्रीनगरमा एक कार्यक्रम गरी वितरण गरिने सल्यान दृष्टिकोणका प्रधान सम्पादक ध्रुवराज वलीले जनाएका छन । 
हाल भारतको वैङ्गलोरमा रहेका वलीले देश तथा विदेशमा रहेकाहरुलाई सहयोगका लागि सल्यानको नं. फेसबुक पेज सल्यान दृष्टिकोणबाट अनुरोध गरेका थिए । 
सहयोगीको नामावली यस्तो छ । 
 
१) सल्यानमा घर भई हाल मलेसिया रहनु भएका रेशम चलाउनेबाट रु. ५३८८ /-
 २) सल्यान घर भई हाल अमेरिकाको बस्नुहुने डा. प्रेम भण्डारीबाट रु .५०००/-
 ३) सल्यान घर भइ हाल मलेसिया रहनु भएका गोकर्ण बुढाथोकीबाट रु. २५००/-
४) सल्यान श्रीनगर घर भइ सिचाइ बिकास डिभीजन कार्यलय सल्यानमा कार्यरत बिमला बुढाथोकीबाट रु .५०००/-
 ५) सल्यान घर भइ हाल मलेसिया रहनुभएका कृष्ण बोहराबाट रु. २५००/-
 ६) सल्यान श्रीनगरमा रेमिटान्स ब्यबासाय गर्नुहुने दिपक बोहरा (देबी स्टोर्स ) बाट रु .२५००/-
७) सल्यान फारुला दोभान एकेडेमीका संस्थापक कुशल चन्दबाट रु .२५०५/-
 ८) glasses emoticon खोटाङ घर भइ हाल सल्यान श्रीनगर रहनु हुने खेमराज सापकोटा (माउन्ट रोजिन एन्ड टर्पेन्टाइल कम्पनी) बाट रु. ५०००/-
९) सल्यान घर भइ हाल कोरिया रहनु भएका बर्षा रानी बोहरा राणा र दल बहादुर राणाबाट रु.. १००००/-
१०)रत्न बहादुर चन्द सल्यान घर भइ हाल नेपालगन्ज रहनुभएका (नोबेल टेक्निकल एन्ड मेडिकल साइन्स कलेज प्रा लि कोहलपुरका प्रिन्सिपल) बाट रु.२५०० /-
११) सल्यान छायाक्षेत्र ८ सान्कोट घर भइ हाल युके बस्दै आउनु भएका डा. मनोहर बुढाथोकीको अग्रसरतामा सल्यान पब्लिक स्कुल त्रिबेणी ७ लुहामका फाउन्डरद्वय डा.मनोहर बुढाथोकी , गणेश ओली , एनबी खड्का , रमेश एरी र देब बहादुर बोहराले संयुक्त रुपमा सल्यान पब्लिक स्कुल त्रिबेणी ७ लुहामको तर्फबाट रु .१५,५००/-
१२) दाङ घर भइ हाल अमेरिका रहनु हुने सुरज भण्डारीबाट रु .१५८९०/-
१३) सिराह लाहान घर भइ हाल सल्यान रहनु भएका (जनज्योती उच्च माबी फारुलाका प्रिन्सीपल ) श्री नन्द किशोर यादबबाट रु. १५००/-
१४)सल्यान दृष्‍टिकोणका लोकेन्द्र बुढा हाल काठमाण्डौबाट रु २०००
१५)सल्यान दृष्‍टिकोणका धुर्बराज वली हाल बेङ्लोरबाट रु .२५००/-
१६)सल्यान दृष्‍टिकोणका सर्जन रेउले हाल काठमाण्डौबाट रु १५००
१७)सल्यान दृष्‍टिकोणका बिरेन्द्र चलाऊने हाल जापानबाट रु ५०००
१८)सल्यान पटारे घर भइ हाल दुबइमा रहनुभएका अशोक कुँवरबाट रु. ५३६६/-
१९) बिरेन्द्र चलाऊने मार्फत बाट संकलित
*सुजन मानन्धरबाट रु. ३०००/-
*दुर्गा खत्रीबाट रु.२०००/-
*कमल बुढाबाट रु.१०००/-
*पदम साउद रु.८०० /-
*अन्य दाताबाट रु.१२००/-
२०) कुश्मा केसीबाट रू. २०००।
Previous Post
Next Post

post written by:

0 comments: