Friday, June 24, 2016

सल्यानमा बिभिन्न सरकारी कार्यलयलाई अपिल पत्र बुझाईयो

नोखिराम थापा छितिज)
असाढ १० , सल्यान


              कल्यानकारी अपाङ्ग सेवा संध सल्यान ले अपाङ्गता मैत्रि भौतिक संरचना निर्माणका लागि जिल्ला स्तरिय अवरोध अभियान कार्यत्रम आज सल्यानको खलङ्गामा सम्पन्न गरेको छ । अपाङ्ग भएका व्यक्तिहरुका भौतिक सरक्षण तथा संञ्चार सेवा निर्देसिका २०६९ को कार्यन्वयन गरौँ भन्ने व्यनर सहित गएको टोलिले सल्यान का बिभिन्न निकायलाई अपिल पत्र समेत बुझाएको छ । कल्यान कारी अपाङ्ग सेवा संध सल्यानको व्यबस्थापन ,अपाङ्गता भएका ब्यक्तिहरुका लागि स्वाभलम्वन जीबन पद्धति केन्द्र काठमाडौँ र माहिला बालबालिका तथा समाज कल्याण मन्त्रालय सिंहदरबार का सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको छ । यो राष्टिय अभियान हो । राज्यको सम्पुर्णा निकायमा १ । १ वटा अपाङगता भएका व्यक्तिहरु हुनु प्रर्ने अव वन्ने भौतिक सम्रचनाहरु अपाङग मैत्रि हुनु पर्ने, सरकारले लागु गरेको निति पुर्ण रुपमा लागु हुनु प्रर्ने लगायतका मागहरुको अपिल पत्र बुझएका छन । यस अभियान अन्तर्गत सल्यानमा पनि जिल्ला प्रशासन कार्यलय ,जिल्ला बिकास समितिको कार्यालय , जिल्ला शिक्षा कार्यलय ,महिला तथा बालबालिका कार्यालय र शारदा नगर पालिकाको कार्यलय सल्यानमा अपिल पत्र बुझएको छ । अपिल पत्रमा अपाङ्ग भएका ब्यक्तिहरुका आठ ओटा बुदामा आफ्नाअपिल पेश गरीएको छ । अपिल पत्र ग्रहण गर्दै सल्यानका प्रमुख जिल्ला अधिकारी दुर्गा दत्त पौँडेलले अपिल पत्रमा उल्लेख गरीएका केहि बुदा कार्यन्वयनमा आएको र केहि लागु नभएका कुरालाई कार्यन्वयनमा ल्याउने बताउनु भएको छ । त्यस्तै स्थानिय बिकास अधिकारी राम चन्द्र पौँडेलले यि धैरै ठुला माग नभाई अपिल राखिएकोले सके सम्मा सबैले कार्यन्वयन मा ल्याउना सकिने बताउनु भयो । अपिल पत्र ग्रहण गर्दै पेश गरिएका कार्यालयका प्रमुखहरुले पत्रमा उल्लेख गरिएका कुरालाई कार्यन्वयनमा ल्याउनृ प्रतिबद्धता जनाउनु छन् । कार्यक्रमा कल्यान कारी अपाङ्ग सेवा संध सल्यान अध्यक्ष कृष्णा बुढा ,उपा अध्यक्ष निम बहादुर नेपाली, सोही संस्था का माहा सचिब ओम गिरि , जिल्ला अपाङ्ग स्थानिय बिकाश संम्मन्वय समितिका टेक बहादुर चलाउने, अपाङ्ग भएका व्यक्तिहरु पत्रकार लगायत को सहभागिता रहेको थियो ।
Previous Post
Next Post

post written by:

0 comments: