बुद्धि पुन
रेडियो राप्ती सल्यान
असार १०
पछिल्लो समय सल्यानमा आत्महत्या गर्नेको संख्यामा बृद्धि भएको छ । गत आर्थीक वर्षमा ३४ जनाले आत्महत्या गरेकोमा यस आर्थीक वर्षमा ५० जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय सल्यानले जानकारी दिएको छ । आज सल्यानको खंलगामा भएको आत्महत्या न्यूनीकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रममा यस्तो जानकारी दिईएको हो । गत आर्थीक वर्षमा विष सेवन , झुण्डीयर र हाम फालेर गरी पुरुष १८ जना महिला १५ जना र बालबालीका १ जनाले आत्महत्या गरेकोमा यस आर्थीक वर्षमा विष सेवन , झुण्डीयर र हाम फालेर गरी पुरुष ३५ जना र महिला १५ जनाले आत्महत्या गरेका छन । जिल्ला प्रहरी कार्यलय सल्यानका अनुसार गरिबी हुनु , असफल हुनु , मादक पदार्थ सेवन गर्नु , परिक्षामा असफल , जिवनप्रतिको द्धितृष्णा , अपराधमा संग्लनता लगायतका कारण आत्महत्याका घटना हुने गरेका छन तर पाठ्यक्रममा यस्ता विषयबस्तु समावेस गर्ने , घरेलु मादक पदार्थ उत्पादनमा बन्देज गर्ने , वालबिवाह , वहुबिवाह ,जुवातास खेल्ने काम बन्द गर्ने , सरोकारवाला निकायबाट जनचेतनामुलक कार्यक्रम संचालन गरे मात्रै आत्महत्याका घटनामा कमि आउने बताईएको छ ।
0 comments: