Saturday, June 25, 2016

कपुरकोट बजार अनुगमन


शँकर के सी, सल्यान                    
११-असार / सल्यानको मुलद्धारमा रहेको कपुरकोट बजारको आज शनिबार अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारि दुर्गादत्त पौडेलको नेतृत्वमा आएको टोलिले कपुरकोट बजारमा रहेका विभिन्न पसलको अनुगमन गरेको हो । सो क्रममा मासु पसलहरु मापदण्डभन्दा वाहिर रहेको सञ्चालन भएको पाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । विशेष गरेर कुखुरा काटिसकेपछिको फोहोर व्यवस्थापन नभएको, बजारमा दुर्गन्ध फैलिएको उनले जनाए । यस्तै बजारका तरकारि तथा फलफुल पसल, किराना पसल, औषधी पसल, एग्रोभेट सेन्टर आदीमा पनि अनुगमन गरिएको थियो । ती सबै मापदण्ड अनुसार चलेको र म्याद गएका सामाग्री विक्रिमा नपाइएको अनुगमनमा सहभागी जिल्ला वनस्पति कार्यालयका प्रमुख जिवन पाण्डेले जनाए । बजार क्षेत्रमा सडकमै अव्यवस्थीत गाडी पार्किङ पनि भएको पाइएकोले त्यसलाइ पनि ध्यान दिन प्रमुख जिल्ला अधिकारि पौडेलले ट्राफिक प्रहरीलाइ निर्देशन दिए ।kapurkot-bazzar
Previous Post
Next Post

post written by:

0 comments: