तुलसीपुर,
११-असार / तुलसीपुर–१३ टरिगाउँका किसान जागुराम चौधरी गतवर्ष खेतमा जोतिरहेको बेला खुट्टामा सिसा विजेर एक महिना थलापरे, त्यसै गरी रजौराका किसान यमबहादुर केसीले खेत जोत्दा यस बर्ष सिरेन्ज सुइ खुट्टामा विज्यो । गत बषनै टरिगाउँ गाविसको एयरपोर्ट नजिकै घर अगाडि रहेको कुुुलाले बगाएर ल्याएको फोहरले कुलो थुनिदा स्थानीयहरुको घरमा पानी पस्नुका साथै घरमा लगाएको पर्खाल भत्कीयो । उनीहरु किसान जस्तै तुलसीपुर बरको पुछारमा खेति किसान गर्ने किसानहरुले यसरीनै बर्षेनि पिडा खेपी रहेका छन् । तुलसीपुर बजार हुंदै बग्ने कुलामा फोहर जाँदा खेतिकिसानी गर्ने किसानहरुको बर्षेनि समस्या हो यो । तुलसीपुर बजारका वरपर रहेका कुला तथा नालामा फोहर फाल्दा त्यसको प्रत्यक्ष मारमा यहाका किसानहरु परेका छन । कुलो तथा नालामा पसलवाट निस्कने फोहर, सुई,सिसा तथा पलाष्टिकजन्य वस्तु तथा कपडाको टुक्रा जस्ता फोहरहरु जथाभावी फाल्नाले वर्षातको समयमा वाढी आएको बेला सो फोहर किसानको खेत वारीमा सोझै जाने गरको किसानहरु बताउछन । ‘बर्षातको पानिले सवै फोहरहरु बगाएर हाम्रा खेत तथा घर आगनमा थुपारेको छ, वर्षैदेखि यसरीनै फोहर बगाएर ल्याउने समस्या छ, तुलसीपुर–१३ कि डिला केसीले भनिन् ।
केसीले घर अगाडि रहेको खेतमा फोहर शौचालयको ढल जाँदा फोहर गनाएर बस्नै नस्कने अवस्था भएको बताइन् । धरै जसोका खेतहरु जोतनै नबन्ने अवस्थामा छन् । पलाष्टिकले खेत जोतनै दिदैन रोप्न तयार पारेको खेतमा पलाष्टिक र सिसाहरुमात्र हुन्छ उनले भनिन् । यसले गर्दो उत्पादमा पनि असर पारेको किसानहरुको भनाई छ । त्यसै गरी किसानहरु दिनहुँ जसो खेतमा पलाष्टिक र कुलोले वगाएर ल्याएको फोहर टिपन बाध्य भएको बताउछन । खेतै भरि फोहरको डङगुर जम्मा हुने समस्या रहेको छ । दिनभरी फोहर टिप्यो विहान हेर्दा खेत तथा घरको आगनमा पलाष्टिक तथा कपडाका टुक्राहरु सेतै देखिन्छन । ‘बर्षातको समयमा पानीले फोहर बगाउदा खेती योग्य जग्गामा पुगी खेतीपाती गर्दा हानी नोक्सानी पु-याएको छ, मानवस्वास्थ्यमा पनि असर पु-याएको छ, यसको विषयमा हामीहरु कहाँ जाने रु किसानहरु अन्योलमा छन् टरिगाउँका किसान– गुरुलाल चौधरीले भने । त्यसै गरी तुलसीपुर–६ गोलौराका किसान प्रेम डाँगीले खेतमा कुलोले बगायर ल्याएको पलाष्टिकले गर्दा खेत जोत्न कठिनाई हुनुका साथै पलाष्टिकले गर्दा खेतको माटो समेत विग्रीएको बताए । डाँगीले भने– खेतमा आएका सुइ तथा सिसाले खुट्टाकाटेर छियाछिया पारेको छ, जोत्नलाग्दा हलोमा पलाष्टिक लागेर जोत्ननै कठिन हुने गर्छ ।’ किसानको यो पिडालाई कस्ले बुझिदिने । त्यसै गरी फोहरले गर्दा खेतीयोग्य जमीनमा असर गनुका साथै नोक्सानी पु-याएको भन्दै तुलसीपुर नगरपालिकाका टरिगाउँ, टरिगै, गोलौरा, राइखल्यान, गौरीगाउँ लगायतलका किसानहरुले यस्तै समस्या भोगेका छन् । उनीहरुले नगरपालिकालाई त्यसको निराकरणका लागी अनुरोधका साथै डेलिगेसन आउने तयारी गरेको डिला केसीले बताइन् । किसानहरु नगरपालिकामा फोहरलाई उचित ब्यवस्थापन गर्न अनुरोधगर्न आउने गरेको नगरपालिकाले जनाएको छ । ‘गत बर्षपनि किसानहरु कार्यालयमा समस्या लियर आउनु हुन्थ्यो यस बर्षपनि यस्तै समस्या रहेको पाएको छ –नगरपालिकाका समाज कल्याण अधिकृत टोपबहादुर डाँगीले भने ।’ , दैनिक उत्पादन हुने अजैविक फोहरहरु जथाभावि नाला तथा कुलोमा फालीदिनाले समस्या उत्पन्न भएको छ, उनले बताए । नाला तथा कुलामा अजैविक फोहर सिसा तथा सिरिन्जहरु फाल्न नपाइने र त्यसलाई कानुनले समेत निशेध गरेको छ । तुलसीपुर वजार क्षेत्र भई बग्ने कुला तथा नालाहरुमा फोहर जहाँपायो त्यही फाल्ने प्रवृत्तिले गर्दा पनि किसानहरु मर्काका परेको किसानहरु बाउछन । फोहरलाई कसरी नियन्त्रण गर्ने भन्ने बारेमा किसानहरु पनि चिन्तीत भएका छन् ।
यसले गर्दा किसानको बालीनालीमा असर गनुका साथै स्वास्थ्यमा पनि निकै असरगरेको किसानहरुको गुनासो रहेको छ । त्यसै विच तुलसीपुर नगरपालिकाले सार्वजनिक सुचना प्रकाशित गरी नगरपालिका कार्यालय बाट दैनिकरुपमा फोहर संकलन गर्दा समेत केही औषधी ब्यवसायी लगायत अन्य ब्यापार, ब्यवसाय गर्ने ब्यक्तिहरुबाट आ–आफानो पसलबाट निस्कने फोहर मध्य सुइ, सिसा तथा प्लाष्टिकजन्य फोहर हरु जथामावि रुपमा नाला कुलामा बगाउने प्रवृत्ति आएकाले र बर्षातको पानीले उक्त फोहर बगाउदा खेती योग्य जग्गामा पुगी खेतीपाती गर्दा हानी नोक्सानी पु-याएको भन्दै उक्त फोहरलाई उचित ब्यवस्थापन गर्न अनुरोध गदै आएको नगरपालिकाका सुचना प्रमुख झरेन्द्र खरेलले बताए ।
तुलसीपुर वजारको पुछारमा खेती गर्ने किसानहरुको जग्गामा हाल पलाष्टिक, कपडा,सिसालगायतका वस्तुहरु दैनिक कुलाले बगाएर लैजाने समस्या
0 comments: