जलवायू परीवर्तन सम्बन्धी नुकुलन
गोष्ठी तुलसीपुर ११ अश्वारामा सम्पन्न भएको छ । तुलसीपुर नगरपालीकाको सहयोग तथा प्रकृति संरक्षण नेपालको आयोजनामा उक्त गोष्ठि सम्पन्न भएको हो । प्रकृति संरक्षण नेपालका अध्यक्ष ओपेन्द्र बस्नेतको अध्यक्षता तथा ग्रिन फाउण्डेसनका केन्द्रीय अध्यक्ष घनश्याम पाण्डेको प्रमुख आतिथ्यमा गोष्ठिको उद्घाटन गरीएको थियो । सो अवसरमा बोल्दै प्रमुख आतिथि पाण्डेले पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपालको कृषि क्षेत्र नराम्रोसग प्रभावित भइरहेकाले यसको असर न्यूनीकरण गर्नुपर्नेमा जोड दिएका थिए । त्यसैगरी उनले यसका लागि व्यापक रुपमा जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । सो अवसरमा विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रमुख टकंराज गिरी , वडा सचिब शेषमणि शर्मा , अमृतपुर सामाजिक उद्यमि सहकारी सस्थाका टेकनाथ योगि , प्रशिक्षक सामुदायिक बन महासंघका सदस्य खेमलाल महतारा लगायतले बोलेका थिए । प्रकृति संरक्षण मञ्चकी कोषाध्यक्ष लिला बस्नेतको स्वागत मन्तब्य बाट सुरु भएको उद्घाटन समारोहको सहजिकरण मञ्चका महासचिब बसन्त परीयारले गरेका थिए । सो अवसरमा विभिन्न बन समुह , टोलविकास संघ सस्था लगायत गरी ४० जनाको सहभागिता रहेको थियो ।।

0 comments: