Thursday, June 23, 2016

पाँच दिने वित्तिय साक्षरता सम्वन्धी प्रशिक्षक प्रशिक्षण तालिम सल्यानमा शुरु,

रमेस कुमार वलि 
रेडियो राप्ती सल्यान
आसार १०

सल्यानमा आज देखि पाँचदिने वित्तिय साक्षरता सम्वन्धी प्रशिक्षक प्रशिक्षण तालिम वरलमा शुरु भएको छ । कृषि स्वास्थ्य, वैकल्पिक जिविकोपार्जन प्रवद्र्धन कार्यक्रम पहलको सहयोग तथा दलित विकास समाज (डिडिएस) सल्यानको आयोजनामा तालिम शुरु गरिएको हो । तालिममा सल्यान जिल्लाका १० र रुकुम जिल्लाका १० गाविसका २० जना सहजकर्ताहरुको सहभागिता रहेको छ । तालिम पश्चात सहजकर्ताहरुले आ आफनो गाविसमा वित्तिय साक्षरता सम्वन्धी कक्षा सञ्चालन गर्ने डिडिएस सल्यानका अध्यक्ष निम वहादुर नेपालीले जानकारी दिनुभयो । डिडिएस सल्यानका अध्यक्ष निम वहादुर नेपालीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा पहल कार्यक्रमका सल्यान जिल्ला संयोजक गोकर्ण देवकोटाले स्वागत तथा पहल कार्यक्रमको वारेमा जानकारी गराउनुभएको थियो । पाँचदिन सम्म चल्ने तालिको सहजिकरण पहल क्षेत्रिय कार्यालय नेपालगञ्जका वित्तिय सेवा अधिकृत विश्वराज श्रेष्ठले गर्नुहुनेछ । कार्यक्रममा पहल क्षेत्रिय कार्यालय नेपालगञ्जका  वजार अधिकृत रुद्र वहादुर थापा, रुकुमेली समाज विकास केन्द्रका वैकल्पिक जिविकोपार्जन अधिकृत पवनजंग मल्ल लगायतको उपस्थिति रहेको थियो ।
Previous Post
Next Post

post written by:

0 comments: