रेडियो राप्ती सल्यान
असार ९
ओरेक नेपालको आर्थिक सहयोग र रेडियो राप्तीको आयोजनामा कुपिण्डे ताल तथा शारदा नदी संरक्षणका लागि सरोकारवालाहरुको भुमिका बिषयक बिद्यालय स्तरमा बिद्यार्थिहरुसंग छलफल परामर्श तथा जानकारी बिषयक कार्यक्रम रेडियो राप्ती सल्यानले जिल्लाका बिभिन्न ठाउमा सञ्चालन गर्दै आएको छ । अभियान अन्र्तगत जिल्लाका बिभिन्न बिद्यालयहरुमा कुपिण्डे ताल तथा शारदा नदी संरक्षणका लागी बिद्यार्थीको भुमिका बिषयमा प्रतियोगितात्मक कार्यक्रम भईरहेका छन् । यसैक्रममा प्रतियोगितात्मक कार्यक्रम सरस्वती उमाबि शिबरथ पेदिखोलामा सम्पन्न भएको छ । बिद्यालयमा कुपिण्डे ताल तथा शारदा नदी संरक्षणका बिषयमा आधारित रहेर लोकगित, र बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको हो । बिद्यालयका निमित्त प्राचार्य रामरोषनी बस्नेतकोे प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम अन्र्तगत बक्तृत्वकला प्रतीयोगीतामा बिप्लब वलि प्रथम , मन्दिप बुढाथोकी द्धितिय र डिल्ली बस्नेतले तृतिय स्थान हासील गर्नुभएको थियो । यस्तै लोकगित तर्फ रेनुका बस्नेत प्रथम, जेनिसा बि.एम. द्धितीय र पुस्पा वलीले तृतिय स्थान हासील गर्नु भएको थियो । प्रथम, द्धितिय र तृतिय प्रतियोगीहरुलाई पुरस्कार बितरण गरिएको छ । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी बस्नेतले कुपिण्डे ताल तथा शारदा नदी संरक्षण अभियानलाई बिद्यार्थी स्तरमा पुर्यानुले अझ यसलाई प्रभाबकारी बनाएको बताउनु भयो । उहाँले यस कार्यक्रम आफ्नो बिद्यालयमा सञ्चालन गर्दा आफ्ना बिद्यार्थीहरु कुपिण्डे ताल तथा शारदा नदीका बारेमा जानकारी लिन पाएको बताउदै कुपिण्डे ताल तथा शारदा नदी संरक्षण अभियान सञ्चालन गरेकोमा रेडियो राप्ती सल्यानलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण रेडियो राप्तीका स्टेशन म्यानेजर रमेश कुमार गौतमले गर्नु भएको थियो ।
0 comments: