Thursday, June 23, 2016

सल्यान रुकुम यातायात ब्यवसायी समितिका ९ कर्मचारी रिहाई ।

दिप सागर भण्डारी 
असार ९ सल्यान 

श्रीनगरमा यात्रु चढाउने विषयमा बिवाद भै रुकुम यातायात प्रालीको ना ५ ख ७२४१ नम्बरको गाडीमा आक्रमण गरेको आरोपमा ११ दिन देखी सल्यान हिरासतमा रहेका सल्यान रुकुम यातायात ब्यवसायी समिति सल्यानका नौ जना कर्मचारीलाई आज तारीखमा रिहाई गरिएको छ । रिहाई हुने हरुमा सल्यान रुकुम यातायात ब्यवसायी समिति सल्यानका प्रशासनिक इन्चार्ज छ्तेन्द्र हमाल,डाइल इन्चार्ज शोभाकर थापा "सुनिल"श्रीनगर काउन्टर इन्चार्ज दिपेन्द्र खड्का "जालन्धर" कर्मचारी हरु पाण्डप हमाल ,जगत बुढाथोकी ,केशव महर, नारायण भट्टराई ,नबिन वलि,पृथ्वी श्रेष्ठ रहनु भएको छ । आफ्नो समितिका कर्मचारी रिहाई भएको अबसरमा बोल्दै अध्यक्ष लोकमान बुढाथोकीले जानिजानी एकलौटी रुपले आफ्न कर्मचारीहरुले प्रालिको गाडीमा आक्रमण नगरेको तर त्रिपक्ष ब्यवसायी र सरोकारवाला हरुको बुझाइको कमिले गर्दा उक्त अपिय्र घटना घटेको र घटनमा संलग्न भएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका आफ्न ककर्मचारी हरुले इमानदारका साथ कार्बाही भोगेकोमा हिरासतमा रहेका कर्मचारीहरु लाई धन्यवाद दिदै अबका दिनहरुमा यस्ता घटना हरु घट्न नदिनको लागी समितिले आफ्न कर्मचारी,ब्यवसायी हरुलाई प्रत्येक हप्ता र महिना हरुमा यात्रु तथा ,ब्यवसायी मैत्री बाताबरण सिर्जना गर्नको लागी जिल्लाका विभिन्न भागहरुमा प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने बताउनु भयो । तर यातायात ब्यवसायी र उनका मातहतका विभिन्न निकाय हरुलाई यो समाजका मानिस हैननकी भन्ने धारण भएका केहि निकायका ब्यक्ती हरुले अफ्नो चेतनामा सुधार ल्याउन समेत आबस्यक रहेको भन्दै ,आफुहरु पनि सरकारको निति बिधि अनुसार यातायात संचालनको क्षेत्रमा रहेको बताउनु भयो ।समिति पिडाम रहेको बेला आफुहरुलाई विभिन्न क्षेत्रबाट सहयोग गर्नुहुने संघ सस्था,विभिन्न राजनीतिक दलका नेताकार्यकर्ता हरु र सर्बसाधारण समेतलाई धन्यवाद दिनु भयको थियोे ।समितिका कर्मचारी रिहाई भएको उपलक्ष्यमा अबिर आवरण सहित सल्यान खलंगा देखी श्रीनगर सम्म मोटरसाइकल -याली निकालिएको थियो ।
Previous Post
Next Post

post written by:

0 comments: