Saturday, June 25, 2016

प्रेस चौतारी दाङ द्धारा ४ जना पत्रकार सम्मानीत


                                                                                                

प्रेस चौतारी दाङले ४ जना पत्रकारहरुलाई पुरस्कृत गरेको छ । बार्षिकरुपमा प्रदान गर्दै आएको विभिन्न पुरस्कारहरु आज घोराहीमा एक कार्यक्रमको आयोजना गरि ४ जना क्रियाशिल पत्रकारहरुलाई चौतारीले प्रदान गरेको हो ।चौतारी दाङका अध्यक्ष टीका बस्नेतको अध्यक्षता तथा नेकपा एमालेका पोलिटव्यूरो सदस्य एंव सांसद भागवत बिश्वासीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रेस चौतारी प्रतिभा पुरस्कार रेडियो प्रकृतिमा कार्यरत दिप्तीशीखा चौधरी र रेडियो हाम्रो पहँुचमा कार्यरत वसन्त पौडेललाई प्रदान गरिएको छ ।
यसैगरी प्रेस चौतारी नेपालका उपाध्यक्ष सविन प्रियासनले स्थापना गरेको जीत स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार शालिकराम मुसाफिर र पूर्व केन्द्रीय सदस्य सरिता सुवेदीले स्थापना गरेको हिम स्मृति साहसिक पत्रकारीता पुरस्कार राप्ती पोष्ट दैनिकमा कार्यरत पत्रकार लक्ष्मण विश्वकर्मालाई प्रदान गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख आतिथी बिश्वासीले समाज रुपान्तरण र विकासमा जिम्मेवार पत्रकारीता गर्न आग्रह गर्नु भएको छ । पत्रकारीता क्षेत्रबाट सामाजले धेरै आशा राखेको भन्दै उहाले विश्वस्नीय र जिम्मेवार पत्रकारीता आजको आबस्यकता भएको बताउनु भयो  । चौतारीका जिल्ला उपाध्यक्ष संगीत वस्यालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले पुरस्कृत पत्रकारहरुलाई बधाई दिदै विकास पत्रकारीतामा सकृय हुन आग्रह गरेका छन् । कार्यक्रमको सहजीकरण सचिव वसन्त विवश आचार्यले गर्नुभएको थियो ।।

Previous Post
Next Post

post written by:

0 comments: