Thursday, June 23, 2016

कर छल्ने एनसिएललाई कार्वाहि गर सरकार : महेन्द्र

शिव बस्नेत, अनलाइन तहल्का 
असार ९, सल्यान । 
                        सल्यानका माओवादी नेता लोकपाल केसी (महेन्द्र)ले आफुलाई हैन कर छल्ने एन सिएल लाई कार्वाहि गर्न सरकारलाई अनुरोध गरेका छन । विप्लव नेतृत्वको नेकपा माओवादी सल्यानका सहसेक्रेटरी तथा जनपरिषद प्रमुख महेन्द्रले बुधबार रिहा भए लगतै पत्रकार र शुभेच्छुकसंग कुराकानी गर्दै यस्तो बताएका हुन ।८ दिनसम्म प्रहरी हिरासतमा रहेका लोकपालले रिहाइ भए लगतै आफ्ना शुभचिन्तकलाई सम्बोधन गर्दै करोडौंको कर छल्ने एनसिएलमा माओवादीको आग्रहमा जनताले गरेको आक्रमणमा आफुलाई गिरफ्तार गरिएको भएपनि त्यकसको कुनै प्रमाण नभएपछि प्रहरीले आफुलाई छोडेको बताएका छन । 
आफु रक्तचापको विरामी अवस्थामा घर विदामा रहेको बेला माओवादी पार्टीको नेतृत्वमा गरिएका कार्वाहीको मुद्धा लगाउने खोजिएको भएपनि त्यो सम्भव नभएर आफु विनासर्त रिहा भएको भन्दै सहयोग गर्ने प्रहरी प्रशासनलाई धन्यवाद दिएका छन । माओवादीले भ्रष्ट र तस्करहरुका विरुद्ध जतिबेला पनि लड्ने भन्दै उनले सरकारलाई आफुलाई हैन भ्रष्ट, तस्करहरुलाई कार्वाही गरेर देखाउन चुनौति दिएका थिए । गरिव नेपालीलाई ठगेर कमाएको मध्ये तिर्नुपर्ने ४३ करोड कर नै छलि गर्ने एनसिएललाई कार्वाही नगरी सरकारले तिनका विरद्ध बोल्नेलाई जेलमा हालेर रमिता देखाएको भन्दै त्यसका विरुद्ध लाग्न सबैमा आग्रह गरेका छन । 
आफु विरामी अवस्थामा रहेको र विरामी भएपनि पार्टीका राजनीतिक काममा निरन्तर लागिरहने र अव पनि राष्ट्रियताको निम्ती गरिने संघर्षका सम्पूर्ण काममा सहयोग गरिरहने बताएका छन । 
Previous Post
Next Post

post written by:

0 comments: