Thursday, June 23, 2016

सल्यान शिवरथमा मानव ओसारपसार नियन्त्रणको समिति गठन

समिर श्री, अनलाइन तहल्का 

असार ९, सल्यान । 

सल्यानको शिवरथमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि समिति गठन भएको छ ।शिवरथ पेदिखोलामा भएको कार्यक्रममा महिला तथा बालबालिका बेचबिखन न्यूनिकरणका समस्या, उपाया र स्थानिय स्तरबाट गरिनुपर्ने कामका विषयमा चर्चा गरिएको थियो । कार्यक्रममा बोल्दै महिला तथा बालबालिका कार्यालय सल्यानी सहायक महिला निरिक्षक रोमशा पुन, बाल विका सहायक निरिक्षक गीता चपाईले चेलिबेटी बेचविखन हुदै गरेको थाहा पाएमा कार्यालयमा जानकारी दिन आग्रह गरेका थिए । कार्यक्रममा बागचौर नगरपालिकाका कार्यकारी अधिकृत तारा प्रकाश बुढाथोकी, बाँगेलाखुरी इलाका प्रहरी कार्यालयका सहायक निरिक्षक हरि प्रसाद देवकोटा, हवल्दार भरत परियार, माओवादी केन्द्रका इन्द्र बहादुर भण्डारी, पत्रकार समिर श्री लगायतले मन्तव्य राखेका थिए ।कार्यक्रमबाटै नगर अधिकृत ताराप्रकाश बुढाथोकीको संयोजकत्वमा कृष्ण डि.सी सचिव रहनेगरी १३ सदस्यीय मानव बेचविखन तथा ओसारपसार विरुद्धको स्थानिय समिति पनि गठन गरिएको छ । 

Previous Post
Next Post

post written by:

0 comments: