Thursday, June 23, 2016

नेपाल मगर विध्यार्थी संघ सल्यानद्धारा संगठन विस्तार अभियान तिब्र ।

उत्तर कुमार साहु 
रेडियो राप्ती सल्यान
 असार ९                  
नेपाल मगर विद्यार्थी संघ सल्यानले आफ्नो संगठन विस्तार अभियानलाई तिब्रता दियको छ । जिल्लाका विभीन्न माध्यामीक तथा उच्च माध्यामीक विध्यालयहरुमा मा.वि इकाई कमिटी गठन गरीरहेको छ । यसैक्रममा नेपाल राष्ट्रिय उ.मा.वि. धनवाङ १ किमुचौरमा मुना घर्तिमगरको अध्यक्षतामा १३ सदस्यीय मा.वि. इकाई कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा कृष्णा पुन मगर सचिबमा सुरेश बहादुर राणमगर सह सचिबमा खिमराज थापामगर र कोषाध्यक्षमा हरीजङग पुनमगर रहनु भएको छ । नेपाल मगर विध्यार्थी संघ सल्यानका सचिब पुस्कर पुन मगर  कोषाध्यक्ष सरु पुनमगर सदस्यहरु हिमाल पुनमगर र बन्धना घर्तिमगरको विशेष उपस्थीतीमा उक्त कमिटी गठन गरीयको हो । यस्तै लक्ष्मी उ.मा.वि. स्यानीखालमा रिता कवर मगरको अध्यक्षतामा १३ सदस्यीय मा.वि. इकाई कमिटी गठन गरीयको छ । जसको उपाध्यक्षमा ज्ञानेन्द्र पुनमगर सचिबमा सिर्जना बुढामगर सह सचिबमा गौरी बुढामगर र कोषाध्यक्षमा चेतकन कवर मगर रहनुहभयको छ । नेपाल मगर विध्यार्थी राप्ती अञ्चल समन्वयन समितीका सदस्य दिपक बुढामगरको उपस्थीतीमा उक्त मा.वि. इकाई कमिटी गठन गरीयको हो । 
Previous Post
Next Post

post written by:

0 comments: