Friday, June 24, 2016

जिल्ला बन कार्यालय सल्यानले झन्डै तीन लाख विरुवा निशुल्क वितरण गर्ने


हिमाल उपाध्याय
सल्यान असार १०          
जिल्ला बन कार्यालय सल्यानले झन्डै तीन लाख विभिन्न जातका विरुवा निशुल्क वितरण गर्ने भएको छ । जिल्लामा गठन भएका ५ सय ६४ सामुदायिक वन, कबुलियति बन, र निजि नम्बरी जग्गामा निशुल्क २ लाख ६४ हजार ५ सय विरुवा निशुल्क वितरण गर्न लागिएको जिल्ला वन कार्यालय सल्यानले जानकारी दिएको छ । कार्यालयले टिमुर, दालचिनि, तजी, चटमासे, सिमल, रिठा, लप्सी, ईपिल, बकाइनो, सिरिस, बैस, देयार, रइज, टुनी, सिसौ, मसला, अमला, लगायत अन्य विभिन्न जातका विरुवाहरु निशुल्क वितरण गर्न लागिएको जिल्ला वन अधिकृत विद्यानाथ झाले जानकारी दिनु भयो । सामुदायिक वन उपभोक्ता समितिको मार्गदर्शन २०६५ बमोजिम २५ प्रतिशत वन व्यवस्थापन कार्य अन्र्तगतको कार्यक्रमबाट निशुल्क विरुवा वितरण गर्न थालिएको उहाँले. बताउनु भयो । जिल्ला वन कार्यालयले स्थापना गरेको विभिन्न १४ नर्सरी राखिएको स्थानबाट पाइक पर्ने सामुदायिक वन उपभोक्ता समितिले विरुवा लानसक्ने अधिकृत झाले जानकारी दिनु भयो ।
Previous Post
Next Post

post written by:

0 comments: