१ जति मनमा पिदा भए पनि हास्नैे पर्ने योे जीवन
बिगत बर्तमान भुत सम्झि समाल्नै पर्ने यो जीवन
चिन्ता लिदिन भन्दा पनि चिन्तित भएर आउछ मन
जिवनका रगिँन सपनाहरु माला बनाई गास्नै पर्ने यो जिवन
२
एक दिन त सबैलाई मरेर जानू छ।
फुल जस्तै जीवन झरेर जानू छ।
तेरो मेरो किन गर्छन बाचुन्जेल सम्म।
नागो शरीर आगोमा परेर जानू छ ।
३
जुन बेला म मरेको लास पाउने छौ।
सबै रित्तिएको आभाष पाउने छौ ।।
जब मलाइ खरानी पारे पछि।
मेरो मायाबाट अबकास पाउने छौ।।
४
उ बन्दुक चलाउन सक्छ निर्दोष कलम चलाउन सक्छ
आफ्नै पाटि भित्र बाट सरकार ढलाउन सक्छ।।
गोप्य रहोस सहमति पर्दा खुल्यो भने ।
हल्ला फैलाउन सक्छ तमसुक जलाउन सक्छ।।
५
मैले आफ्नो नाम मागेको छु।
शिशिरको तुशारमा घाम मागेको छु।
देश भित्रै बाच्ने रहर छ मेरो ।
खान पुग्ने काम मागेको छु ।।
आईतराम गौरब
दाङ हाल कुबेत
0 comments: