
जिल्लामा बलात्कारका घटनामा अझै कमि आउन सकिरहेको छैन । चालु आर्थिक बर्षको जेठ महिनामा मात्रै ६ वटा बलात्कारका घटना घटेको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ । कार्यालयका अनुसार जेठ महिनामा मात्रै जवरजस्ती करणी गरेको र करणी गर्न खोजेको प्रयासमा ६ वटा मुद्धा दर्ता भएका छन ।
त्यसै गरी गएको बर्ष जवरजस्ती करणी उद्योगमा २५ वटा र करणी गर्न खाजेको प्रयासमा ११ वटा गरी जम्मा ३६ वटा मुद्धा दर्ता भएका थिए । जस्मा सबैभन्दा बढि कार्तिक महिनामा ५ वटा घटना भएका थिए । त्यस्तै श्रावणमा ३ , भाद्रमा २, असोजमा १ ,मंसीरमा २,पौषमा ४,फाल्गुणमा १ चैतमा २, बैशाखमा १, जेठमा २ र अषाढमा २ वटा जवरजस्ती करणी गरेको घटना घटेका थिए । यस्तै चालु बर्षको अषाढ ५ गते सम्ममा जवरजस्ती करणीमा २८ र करणीको प्रयासमा ९ वटा गरी जम्मा ३७ वटा घटना घटेको प्रहरी प्रवक्ता डिएसपि प्रकाश राज शर्माले बताए । जस्मा श्रावणमा ३, भाद्र २ ,कार्तिकमा ३, मसीरमा २, पौषमा २, माघमा २, फागुणमा २, चैतमा २, बैशाखमा २ र अषाढको १० गते सम्ममा २ वटा जवरजस्ती करणी गरेका घटना भएका छन । यसरी तुलना गर्दा चालु बर्ष सकिन अझै केहि दिन बाकि रहदा पनि अघिल्लो बर्ष भन्दा १ वटा घटनाले बृद्धि भएको देखिन्छ । “अघिल्लो बर्ष ३६ वटा मुुद्धा दर्ता भाहुन, यस बर्ष आज सम्म ३७ वटा मुद्धा दर्ता भाछन” प्रवक्ता शर्माले भने । समग्रमा भन्दा बलात्कारका घटनामा कमि आउन नसकेको उनले बताए ।
यसै विच बलात्कारमा संलग्न दोषि समयमा नपक्रनु र पृतीसत्तात्मक चलखेलले गर्र्दा यस्ता घटनामा बृद्धि हुने गरेको महिला मानब अधिकार रक्षक सञ्जाल दाङकी अध्यक्ष शुष्मा गिरीको भनाई छ । उनका अनुसार राज्यको कानुन फितलो हुनु, उजुरी प्रक्रिया झन्झटिलो हुनु , अनुसन्धान प्रक्रिया लामो र त्रुटिपुर्ण हुनु , दोषिले उन्मुक्ति पाउनु लगायतका कारणले गर्दा यी घटनामा कमि नआएको उनको बुझाई छ ।।
0 comments: