Saturday, June 25, 2016

खाद्य महोत्सव आज पनि जारी

अनलाइन तहल्का  

असार ११, सल्यान । 

आम नेपाली सर्वसाधारणमा बढ्दै गएको भाते बानी परिवर्तन गर्ने उद्देश्यले खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागले शुरु गरेको खाद्य महोत्सव आज पनि जारी रहने भएको छ । आधुनिक र जंक खाद्य पदार्थ खाना र खाजाको रुपमा खाँदा विभिन्न प्रकारका रोगहरु लाग्नुका  साथै कुपोषण बढ्दै गएको ठहर गर्दै बिभागले पौष्टिकतत्व भएको पोषिलो खाना र खाजा खान प्रोत्साहन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरेको जनाएको हो । महोत्सव भृकुटीमण्डपमा चलिरहेको छ । 
कुपोषणका कारण पाँच बर्ष मुनिका झण्डै ४१ प्रतिशत बालबालिका कुपोषित अवस्थामा भेटिएका छन् भने करिब ५० प्रतिशत महिलामा पनि यो समस्या भेटिएको छ । अवलोकनकर्ताका लागि महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको विभागले जनाएको छ ।

Previous Post
Next Post

post written by:

0 comments: