Saturday, June 25, 2016

भारतलाई हराउँदै नेपालले जित्यो फुटभलीको उपाधि

काठमाडौं, असार ११                            - 

नेपालले भारतलाई हराउँदै तेश्रो दक्षिण एशियाली मैत्रीपूर्ण फुटभली च्याम्पियनसिको उपाधि जितेको छ ।  टोखास्थित भुतखेल मैदानमा भएको मैत्रीपूर्ण फुटभली प्रतियोगितामा नेपालले वेष्ट अफ थ्रिको खेलमा २०–१८ र १८–१४ले भारतलाई पराजित गरेको हो । विजयी खेलाडीहरुलाई ईन्डियन स्पोर्ट अथिरिटी बोर्डका सदस्य डा. एनएम नन्द, दक्षिण एशियाली फुटभली महासंघका अध्यक्ष राम अवतारले मेडल तथा ट्रफी प्रदान गरेका थिए । बिच भलिबल जस्तै बालुवामा खेलिने खेलमा हातको सट्टा खुट्टाको प्रयोग गरिने छ । १८ अंकमा खेल समाप्त हुने भएता पनि दुई अंकको फरक अनिवार्य हुनेछ । दक्षिण एशियामा नौलो खेलको रुपमा रहेको फुटभली खेल ब्राजिलबाट सुरु भएको हो । 
यो खेललाई दक्षिण एशियामा विकास विस्तार गर्ने उद्देश्यले नेपाल आएको दक्षिण एशियाली फुटभली महासंघका प्रतिनिधी तथा भारतीय फुटभली संघको टोलीले नेपालमा मैत्रीपूर्ण खेलको आयोजना गरेको हो । ओलम्पिकमा दर्ता रहेको यस खेललाई नेपालले २०७२ बैशाख १२ गते दक्षिण एशियाली फुटभली च्याम्पियनसिपको रुपमा आयोजना गरि सकेको छ भने थाईल्यान्डमा गत बैशाख ३० देखि आयोजना भएको एशियाली फुटभली च्याम्पियनसिपमा सहभागिता जनाई सकेको नेपाल फुटभली संघका अध्यक्ष मनिष राम जोशीले जानकारी दिनुभयो 
Previous Post
Next Post

post written by:

0 comments: