Saturday, June 25, 2016

मध्यपश्चिमान्चल स्तरीय नृत्य प्रतियोगिताको पहिलो अडिसन राउन्ड सल्यानको श्रीनगर सम्पन्न


 

दिप सागर भण्डारी 
असार १२ सल्यान 
मध्यपश्चिमान्चल स्तरीय नृत्य प्रतियोगिताको पहिलो अडिसन राउन्ड आज सल्यानको श्रीनगर सम्पन्न भएको छ । डि. टेन इन्टरटेनमेन्ट र डि एल.लेडिज फिटनेस डान्स क्लब तुलसीपुर दाङको आयोजनामा सल्यान श्रीनगरमा भएको मध्यपश्चिमान्चल स्तरीय नृत्य प्रतियोगिताको पहिलो चरणको अडिसन राउन्डमा सल्यान जिल्लाका २० जना प्रतियोगीहरुले भाग लिएका थिए भने पहिलो अडिसन बाट १८ जना प्रतियोगी हरु दोस्रो चरणको अडिसनका लागी छानिएका छन । कार्यक्रमका प्रमुख अतिथि सल्यान रुकुम यातायात ब्यवसायी समितिका अध्यक्ष लोकमान बुढाथोकीले क्लबले सरणिय काम गरेको,गाउ बस्तिमा रहेका बास्तबिक नृत्य हरुलाई खुल्ला प्रतियोगिताको माध्यम बाट केन्द्र सम्म र्पुयाउन सफल बन्नुका साथै दीर्घकालीन समय सम्म क्लबले यो बिधालाई प्राथामित्ता दिनको लागी प्रेरणा मिलोस भनी शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रमका बिशिस्ट अतिथी नेपाल विद्यार्थी संघ सल्यानका अध्यक्ष प्रकास भण्डारी लगाएत अन्य अतिथिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियोे । डि.टेन इन्टरटेनमेन्ट क्लबका कार्यकारी निर्देशक बिस्णुकुमार देपकोटाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नाई न भन्नु ल भाग ४कि नायिका याङसु श्रेष्ठ ,चलचित्र कर्मी कल्पना श्रेष्ठ लगाएतका कलाकार हरुको उपस्थिति रहेको थियोे । प्रतियोगिताको दोस्रो अडिसन राउन्ड दाङ घोराहीमा श्रवणको पहिलो साता हुने कार्यकारी निर्देशक बिस्णु कुमार देपकोटाले बताउनु भयो ।
Previous Post
Next Post

post written by:

0 comments: