Friday, February 9, 2018

त्रिशुली नदीमा जीप खस्दा सिंचाई मन्त्रालयका सचिव सहित तीन जना बेपत्ता

     
   धादिङको बेनीघाटरोलाङबाट सिंचाई मन्त्रालयका सचिव रामानन्द प्रसाद यादव सवार जिप त्रिशुली नदीमा खस्दा यादव सहित तीन जना वेपत्ता भएका छन् । बेनीघाटरोलाङ गाउँपालिका वडा नम्वर ३ को सलाङघाटबाट बा २ झ ३१४० जीप खस्दा सचिव यादव सहित तीन जना बेपत्ता भएका हुन् । आज विहान काठमाण्डौ आउँदै गरको जीप त्रिशुलीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । सचिव यादव सहित उहाँका छोरा संजय यादव, परिचय खुल्न नसकेको एकजना किशोरी रहेको जीपका चालकलाई उदृत गर्दै प्रहरीले जानकारी दिएको छ । जिपमा अरु कति जना सवार दिए भन्ने खुलेको छैन । घाईते चालक निराज यादवलाई उपचारका लागि काठमाण्डौ ल्याइएको छ ।
Soucre : CIN
Previous Post
Next Post

post written by:

0 comments: