Friday, February 9, 2018

नगरकार्यपालीकाका पदाधिकारी एंव सदस्यहरुका लागी दुई दिने न्यायिक क्षमता अभिवृद्धि विषयक अभिमुखिकरण कार्यक्रम शुक्रबार देखी शा.न.पा. ६ बरलामा सुरु


         नगरकार्यपालीकाका पदाधिकारी एंव सदस्यहरुका लागी दुई दिने न्यायिक क्षमता अभिवृद्धि विषयक अभिमुखिकरण कार्यक्रम शुक्रबार देखी शा.न.पा. ६ बरलामा सुरु भएको छ । शारदा नगरपालीका कार्यालय र जिल्ला अदालत सल्यानको सयुक्त आयोजनामा संचालन भईरहेको सो कार्यक्रममा नगरपालिकाका पदाधिकारी एंव सदस्यहरुको सहभागिता रहेको छ । स्थानिय निकायका पदाधिकारीहरुले निभाउनुपर्ने न्यायिक भूमिका र कानुनी उपचार अगायतका विषयमा अभिमूखीकरण कार्यक्रममा स्पष्ट पारिनेछ । कार्यक्रमको उदघाटन सत्रमा जिल्ला न्याधिस मदन बहादुर धामी, शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारी र शा.न.पा.का कार्यकारी अधिकृत शुवर्ण सिंह ठकुरीकाले आप्ना भनाई राख्नुभएको थियो । कार्यक्रमको संचालन श्रोतब्यक्ती विर बहादु सेजवालले गर्नु भएको थियो ।
Previous Post
Next Post

post written by:

0 comments: