रेडियो राप्ती सल्यान
श्राबण ३२
शारदा नदिको किनारमा आज एक शव फेला परेको छ ।
सल्यानको बाँझकाँडा गाबिस वडा न. ७ ज्यामिरे शारदा नदिको किनारमा मंगलबार आज बिहान ६ बजे तीर उक्त शव फेला परेको हो । बागचौर नगरपालिका वडा न. २ थारमारे सेराचौर निवासी ५० वर्षिया कुल बहादुर वलिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
स्थानिय कोटबारा टाट्के बजार बाट घर तर्फ फर्कदैँ गर्दा टाट्के नजिकै बाट हिजो सोमबार बेलुकी करिब ६ बजे वलि लाई शारदा नदिले बगाएर बेपत्ता पारेको थियो । वलीलाई खोलाले बगाए लगत्तै इलाका प्रहरी कार्यालय थारमारे, स्थानीय बासीको सक्रियतामा खोजी कार्य तीव्रता पारिएता पनि रातीको समय भएको तथा शारदा नदिमा पानीको बाहफ बढी भएका कारण खोजी कार्यमा असहजता भएको थियो । तर आज बिहान मात्रै स्थानियले नदिको किनारमा शव देखे पछि प्रहरीलाई खबर गरेका थिए ।शव फेला परेको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय थारमारे बाट प्रहरी नायब निरिक्षक परशुराम चौधरीको कमाण्डमा ५ जनाको टोली घटना स्थल तर्फ गएको थियो । घटना स्थलमा पुगेर अनुसन्धान गर्दा त्यो शव वलीको नै भएको थाहा भएको थियो । शव वलीको भए पछि प्रहरीले परिवारलाई खबर गरेको थियो । घटना स्थलमा मृतक वलीका छोरा पुगे पछि अहिले उक्त छोराको जिम्मा लगाएको इलाका प्रहरी कार्यालय थारमारेले जानकारी दिएको छ ।

0 comments: