Thursday, August 18, 2016

छिटो भन्दा छिटो स्थानिय निकायको पूर्नःसंरचना गरी निर्बाचन गर केसी

बुद्धि पुन          
image not found३२ साउन ,सल्यान                   
नेकपा एमाले सल्यानका अध्यक्ष हरी केसीले छिटो भन्दा छिटो स्थानिय निकायको पूर्नःसंरचना गरी निर्बाचन गराउन सरकार संग माग गर्नु भएको छ ।
नेकपा एमाले छायाँक्षेत्र गाउँ कमिटीको भेलालाई आज सल्यानको लान्तीमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले बर्तमान सरकारले राष्ट्रिय स्वाधिनता र संबिधानको रक्षा गर्ने सन्दर्भमा कुनै चासो नदिएको बताउदै राष्ट्रिय स्वाधिनता र संबिधानको रक्षाको लागी नेकपा एमाले जुन सुकै कदम चाल्न पनि तयार रहेको बताउनु भयो ।   “अहिले देशमा संसद बाट निर्बा्चित कार्यकारी प्रमुखको आबश्यकता छ” उहाँले भन्नु भयो “यो नेकपा एमालेको एजेण्डा हो ।
नेकपा एमाले छायाँक्षेत्र गाउँ कमिटीका अध्यक्ष हेरम लाल बोहराको अध्यक्षता एवम् जिल्ला कमिटी अध्यक्ष हरी केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख आतिथीको आशन बाट बोल्दै केसीले अब देश राष्ट्रिय संकटमा जान सक्ने सम्भाबना रहेको बताउदैँ तयारी अवस्थामा रहन आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिनु भयो । 
कार्यक्रममा अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य कुन्ता बस्नेत, नेकपा एमाले जिल्ला कमिटी सदस्य शारदा परियार लगाएतकाले बोल्नु भएको थियो । कार्यक्रममा स्वतन्त्र बाट शुरेस बहादुर डाँगी लगाएतका एक दर्जन बढिले नेकपा एमालेमा प्रबेश गरेका छन् । गाउँ कमिटी सदस्य चोप बहादुर बिक को स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सञ्चालन गाउँ कमिटी सचिब अमर थापाले गर्नु भएको त्यहाँ बाट

Previous Post
Next Post

post written by:

0 comments: