१खै कहाछन ? गएदेखि रंगाएर सिउदा फर्कियनन्
आमा थला बाले अन्तिम पानी पिउदा फर्कियनन्।
न यो देश नै बच्यो न सन्तान हरुले बा देख्न पाए
कहिल्यै सिमा बचाउनेहरु घर जिउदा फर्कियनन।
२
त्यो सन्चित गरेकै आफुले सम्पति खतरा थियो।
रोग भन्दा मेरालागि तिम्रो औषधी खतरा थियो।
मेरा सबै प्रयासहरु निरर्थक साबित हुदा लाग्यो।
मैले बाँचिरहेको सबभन्दा जिन्दगी खतरा थियो।
सुर्य बहादुर थापा
रावतकोट छ जाहारमाडी दैलेख
हाल बालासिनोर गुजरात भारत
0 comments: