Saturday, July 9, 2016

रमेश प्रभातका ५ गजलहरु


बाटो हिंड्ने बटुवा को भर हुन्न सानु ।
आशय दिने ढटुवा को भर हुन्न सानु ।।                

कती कुर्छौ उसैलाई फर्की आउछ भनी ।
धनको पछी छटुवा को भर हुन्न सानु ।।

साँचो माया नबुझ्नेलाई थाहा हुन्न अर्थ ।
बेसार जस्तै घटुवा को भर हुन्न सानु ।।

अघी पछी नसोची स्वार्थ हेरी जता ततै ।
पाउदा थाली चटुवा को भर हुन्न सानु ।।

हुन्छ भन्दै यहाँ उ सबलाई धोका दिन ।
बैगुनी भई खटुवा को भर हुन्न सानु ।।

कहाँ छौ मेरी मायालु विरहमा फुल्दै छौ रु
बिर्सी ति बाचा प्रियशी कता पो डुल्दै छौ रुरु

भिजे नयन आँशुका लहरमा याद तिम्रै हो रु
एक्लै भए बिना तिमी कता पो भुल्दै छौ रुरु

रुझे जिबन पीडाका शहरमा साथ तिम्रै हो रु
हेरे झैँ तर आभास छैन कता पो खुल्दै छौ रुरु

रोए आज मनका रहरहरु मात तिम्रै हो रु
आउ प्रिय अब स्पर्श छैन कता पो घुल्दै छौ रुरु


बियोगमा परी संधै रुने गर्छु म त साथी ।
आँशुले नै चेहरा यो धुने गर्छु म त साथी ।

हर्षाश्रुमा डुबी जिउने चाहा हुँदा हुँदै पनि,
बेदनाको ज्वाला भित्रै हुने गर्छु म त साथी ।

कर्मै खोटी भए पछी खुसी कहाँ मिल्दो रै छ,
धिक्क मान्दै निधार यो छुने गर्छु म त साथी ।

कहीं सुख कहीं दुस्ख यहि नै हो जिन्दगानी,
तर संधै आँशु बनि चुने गर्छु म त साथी ।

आशाहरु मरी दिंदा जिउँदो लाश भैँदो रैुछ,
सडीएर आफै भित्र कुुने गर्छु म त साथी


गफ गर्दै तिम्रै सामु बस्न मन लाग्छ
तिम्रो मनको तरेलिमा पस्न मन लाग्छ

किन किन साह्रै राम्री देख्छु म तिमीलाई
जानी जानी माया जालमा फस्न मन लाग्छ

हेरी हेरी तिमीलाई पागल हुन्छ मेरो मन
बेहोसिमै अङगालो मा कस्न मन लाग्छ

तिम्रो हरेक चिजसँग नजिक हुन नसकिदा
तिम्रो जिउमा बर्षात बनी खस्न मन लाग्छ

बहिरी हैन भित्री मनले चाहन्छु म तिमीलाई
गुलाव सारी तिम्रो यौवन डस्न मन लाग्छ


शुद्द तिम्रो हृदय छ सधै तिम्रो हित हुन्छ
सत्य तिमी बोल्ने गर्छौ आशा गर्छु जित हुन्छ

नडराउ जतिसुकै बाधाहरु आएपनि
समस्याको गाँठो पर्दा फुकाउने मित हुन्छ

अधेंरीले बर्को मारे धैर्य मात्र गरि हेर
झरी जान्छ रात अनि बिहानीको शित हुन्छ

राष्ट्रभक्ती तिमीभित्र बग्छ नदी गंगा जस्तै
सुसेल्नु ति नदीसंगै त्याँहा मिठो गीत हुन्छ

औंशी पुर्णे चक्ररुपी दैवको यो खेलै त हो
घुमीफिरी आउँछ दिन् प्रकृतीको रीत हुन्छ

राजेन्द्र चन्द रोचक
मध्यपश्चिम सुर्खेत
Previous Post
Next Post

post written by:

0 comments: