Saturday, July 9, 2016

मनोज बाँठा मगरका १३ मुक्तकहरु



उनको मेरो एउटै धड्कन माग्थ्ये म एक पछि अर्को झनझन माग्थ्ये म
मन्दिरमा बलिदिने पशुले नि सोच्छ 
भैइदिएको भा ईश्वर जीवन माग्थ्ये म

दुईचार बोतल किन्छु पानीपर्दा खेरी अनि झन झन मातिन्छु पानीपर्दा खेरी
सङगै हुदा त निकै डर लाग्थ्यो उन्को
परदेशमा छु र त आत्तिन्छु पानीपर्दा खेरी

पत्थर जस्तो मेरो मन गलाउने काम सपनाको महल आफै ढलाउने काम
भो सक्दैनौ तिमिले कसै गरे पनि
तातो पानीले घर जलाउने काम

जति सक्दो रोएर मुक्ती मिल्ने भए ढुंगाको मुर्ती छोएर मुक्ति मिल्ने भए
म अनुहार त के पुरै शरीर भिजाउथे
आशुले मुहार धोएर मुक्ति मिल्ने भए

मान्छे फल्ने फुल्ने मलजल नबनाई देउ अनि सबैको दिलमा हलचल नबनाई देउ
उस्को माया किन्ने क्षमता छैन म सङ
भो माया बिक्ने पसल नबनाई देउ

तरवार धारमा टेकाएर भाग्य थाकिसके आफै लेखाएर भाग्य
तिमिबाट टाढिने बाहानामा आज
छुट्टिदैछु खोट देखाएर भाग्य

कलिलो यो प्रेमलाइ रोगी बनायौ
नगरेको कसुरको भोगी बनायौ
हिजो मायालाइ बिश्वास नगर्ने मान्छे
आज दिल माग्दै हिड्ने जोगि बनायौ

आफ्नै अगाडि अनेकन बाधा देख्दैछु सातै रङको इन्द्रेणी पनि साधा देख्दैछु 
भाग्य फुटयो या चित्रण गर्न सकेन
आफ्नै अनुहार ऐनामा आधा देख्दैछु

संकोच नमानी गय भट्टिमा भेटिन्छ दयावान अनि निर्दय भट्टिमा भेटिन्छ 
प्रायः गाउँसहरमा मलाई चिन्दैनन कोहि
खास मेरो परिचय भट्टिमा भेटिन्छ
१०

घाउमाथी झन नुनचुक घोलेर गइ आफ्नै मान्छे आगाडी बेशरम बोलेर गइ
प्यासिहरुको भिड हुदा गाउँघरमा
प्यास मेटाई आफु पोखरी खोलेर गइ

११ जवानिको मतले फरक पार्दो रहेछ अनि त संगतले फरक पार्दो रहेछ 
अमिर सँग हिडन पनि अलि अप्ठ्यारो 
तप्प चुहिने छतले फरक पार्दो रहेछ
१२

तिमिलाई अर्कै सङग देख्न सकिन र त तिम्रो नाम मुटुमा लेख्न सकिन
तिम्रो यादमा सयौ धारा आँशुबल्झिदा
निर्दोष यी परेली ले छेक्न सकिन
१३

जब बाघको झिंगा आहार हुन्छ त्यस्पछी दैब पनि लाचार हुन्छ
तिमी कस्को बिश्वास गर्छौ यहाँ
जब घरकै नारी गद्दार हुन्छ


मनोज बाँठा मगर भलाक्चा एक रुकुम
Previous Post
Next Post

post written by:

0 comments: