Sunday, July 10, 2016

श्याम लम्सालका ५ गजलहरु

१, निष्ठुरिलाई सम्झि सधैँ कति, रुनूँ यार। आशुँले आखाँको नानि कति, धुनूँ यार। यी, हातका औँलाहरु पनि थाकिसक्एँ। अब, उस्कै मात्र तस्बिर कति, छुनूँ यार। आखिर, जानेले त.....छाडेरा गईहाल्यो। अब,उस्कै यादमा पागल कति, हुनू यार। भयो थाकिसक्एँ अब, हर दिन हर रात। 
उस्कै नामको,जालेरूमाल कति,बुनूँ यार। निष्ठुरिलाई सम्झि सधैँ कति, रुनू यार। आशुँले आखाँको नानि कति, धुनू यार। २, जुत्ता अनि कपडा सिलाउने दाईलाई सलाम। ढुङ्गा माथि ढुङ्गा मिलाउने दाईलाई सलाम। कर्म गर्न सके पैसा यहिँ,फल्छ भनि दिन रात। खेतबारिमा डल्ला जिलाउने दाईलाई सलाम। अर्काको गुलाम हुनु भन्दा,यहि पेशा ठिक भनि। चट्पटे र पानिपुरि खिलाउने दाईलाई सलाम। मन्दिरमा गएरा, फुल पाति चढाँउनेलाई भन्दा। चौतारिमाबसि,पानि पिलाउने दाईलाई सलाम। जुत्ता अनि कपडा सिलाउने दाईलाई सलाम। ढुङ्गा माथि ढुङ्गा मिलाउने दाईलाई सलाम। ३, आफ्नै आखाँ अगाढिँ बहिनि,बलात्कार हुदाँ। घरि - घरि मेरि आमा माथि,अत्याचार हुदाँ। हे...दैब,अब तिमिनै भन याहाँ म कसरि हाँसु। आफ्नै दाईको घाँटिमा खुकुरिको, धार हुँदा। कसरि एक शब्द पनि बोल्दै नबोलि बसौँ म। बाबाको छातिमा दुष्मनको गोलि,प्रहार हुदाँ। मुटु भरि चोट छ प्यारि दिदि, म कसरि हाँसु। तिमि दलालको हातबाट सिमाना, पार हुदाँ। आफ्नै आखाँ अगाढिँ बहिनि,बलात्कार हुँदा। घरि - घरि मेरि आमा माथि,अत्याचार हुँदा। ४, कुवाको त्यो चिसो, पानि खोजिरहेको छु। शुन्दर यो दिलको, रानि खोजिरहेको छु।१, परन्तु, खै मिल्दै मिलेना आजसम्म पनि। आफू भन्दा हल्का सानि खोजिरहेको छु।२, याहाँ, एउटै मन - मुटु भएको त भेटिँदैन। थाहाँ थियो जानि-जानि खोजिरहेको छु।३, भन्छन् भन्न त,'छनुवाको भागमा नसो'। तर पनि छानि - छानि खोजिरहेको छु।४, नभेट्ने त होईन भेटिँन्छन हजारौँ तर। राम्रो भएको,आनिबानि खोजि रहेको छु।५, मेरो त भाग्य पनि टुटेको छ, फुटेको छ। त्यसैले मत,भाग्यमानि खोजिरहेको छु।६, ५, धेरै याद आउँछ आजकल खै, किन हो। मत भुल्नै सक्दिन ति पल खै, किन हो।१, जति टाढाँ त्यति गाढाँ,भनेजस्तै भयो। सधैँ,देखिरहन्छु झल झल खै, किन हो।२, केहि, समय टाढाँ हुदाँ, जतिखेर पनि। मलाई त, लाग्छ तल तल खै, किन हो।३, सम्हाल्नै सक्दिन आजभोलि, यो मन। भएको छ, निकै चञ्न्चल खै, किन हो।४, कहिल्य के गर्छु,कहिल्य के अरे.यार। मत बस्नै सक्दिन,अटल खै, किन हो।५, श्याम लम्साल बसन्तपुर-८चन्दनि, कोटगाउँ, तनहुँ,
Previous Post
Next Post

post written by:

0 comments: