Saturday, July 9, 2016

एस.पि. असफलका ५ मुक्तकहरु


मुक्तक १      
आज त मलाई हल्का मंधिरा पिउन मन थियो ।। साथिले चाहिँ आज मेरो मुड छैन पो भन दियो ।। आज नपिए मदिरा सक्दिनँ होला म निदाउन,, निस्ठुरीको सम्झनाले पुरानो घाउ झन बल्झियो ।।
जमिन बाड्यौ भन्दैछन् दाइले कित्ता छुट्याएर ।। माता लाई पाल्छु भन्छ भाइले पिता छुट्याएर ।। रावण बन्ने होडमा लाग्दैछन् मेरा दाजुभाइ ,, रामसँग उनकी प्राण प्यारि सीता छुट्याएर ।।
प्रवासी भएर बस्यो छोरा हाम्रो माया मारि \\ नस्सक्ने हुदा काम गर्न बाँझै छन् खेत वारि \\ आज सपनिमा बा-आमाले यस्तै कुरा गर्दै ,, बसेको देखे कठै आँसु धारा बर्बर झारि \\
बनेर नेता हिडिन्थ्यो हिजोसम्म आवरा टोलिको।। खुसि नै थिए म नमान्दा सम्म पिर चिन्ता भोलिको।। केही गरि खाने समयले नेटो काटेर गएछ ,, नगर्दा कदर हिजोका दिनमा बा-आमाको बोलिको ।।
मर्दाङ्नी देखाउन घरमा श्रीमती लाई कुट्ने भेटिए ।। बुढी आमालाई बोक्सि आरोप लगाउन जुट्ने भेटिए ।। दिन भरि नारी हक अधिकार को लागि लड्ने हरु,, आफ्नै घरका चेलिबेटी हरुको ईज्जत् लुट्ने भेटिए ।।
एस.पि. असफल भाटखोला ९ स्याङ्जा हाल:बिरानो मुलुक
Previous Post
Next Post

post written by:

0 comments: