सल्यानको कपुरकोट क्षेत्रमा युवा स्वरोजगार कार्यक्रम संचालन गरिरहेका सहकारी संस्थाहरुले उक्त कार्यक्रम गर्न झन्झटिलो भएको बताएका छन । युवा स्वरोजगार कार्यक्रम अन्तरगत लगानी गरिरहेको कपुरकोट कृषि सहकारी संस्थाका अध्यक्ष शोभाकर शर्माले शुलभ व्याजदरमा कर्जा उपलव्ध गराएपनि सम्झौता बमोजिम समयमा नै युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट रकम निकासा नभएको गुनासो गरेका छन । शर्माले रोजगार कोषबाट अनुगमन नहुदा लेखा व्यवस्थापनमा अप्ठेरो भएको र क्षमता वृद्धिको काममा सहयोग नगर्दा कोष व्यवस्थापन अप्ठेरो भएको पनि बताएका छन । त्यस्तै नारि विकास वचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष ललिता गिरीले कर्जावालाले ३/३ महिनामा किस्ता तिर्नुपर्दा समय अवधि छोटो भएकोले किस्ता तिर्न कर्जावालाई अप्ठेरो परेको बताइन । उनले धेरै जनाले तरकारी खेती र बाख्रा पालनका लागि ऋण लिने गरेको तर ३ महिनाको अवधिमा उत्पादन गरी बस्तु बजारमा पठाउने नसक्ने हुदा कृषकहरुले किस्ता तिर्न सहज बनाउन समय अवधि लम्ब्याउनुपर्नेमा जोड दिएको बताइन । सहकारीसंस्थाहरुले विनाधितो अधिकतम २ लाख सम्म कृषि तथा पशु पालन क्षेत्रमा ऋण उपलब्ध गराईरहेका छन । विनाधितो ऋण उपलब्ध गराइने हुदा ऋणका लागि निवेदनहरु धेरै पर्ने गरेको तर केहि प्रक्रियागत झमेलाका कारण अषाढ मसान्तबाट सम्झौता अवधि सकिनै लाग्दा अवका दिनमा कार्यक्रम संचालनका लागि पहल गर्ने वा नगर्ने भन्नेमा सहकारी संस्थाहरु दोधारमा छन । ती सहरकारी संस्थाले युवा स्वरोजगार कार्यक्रमले युवाको लागि फलदायी भएपनि प्रक्रियागत झमेलाका कारण कार्यान्वयनमा चुनौतीपूर्ण रहेको उल्लेख गरेका छन । कार्यक्रम मार्फत १२ प्रतिशत बार्षिक व्याजदरमा ऋण उपलब्ध गराईरहेको छ भने समयमा नै किस्ता तिर्नेलाई कुल व्याजको ७० प्रतिशत रकम पनि फिर्ता गरिन्छ । केन्द्रदेखि स्थानिय स्तरमा सवल व्यवस्थापन पक्ष, लेखाप्रणाली, प्रभावकारी अनुगमन प्रणाली, सहकारीको क्षमत अभिवृद्धि गर्नसके कार्यक्रम प्रभावकारी हुने सहकारी संस्थाहले जनाएका छन ।


0 comments: