Thursday, June 23, 2016

१५ दिने गहना बनाउन तालिम सकियो



सपना कवर, अनलाइन तहल्का 
असार ९, सल्यान । 

क्रिष्टलका गहना बनाउने तालिम सल्यानमा १५ दिनसम्म चलेको छ । महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर गराउने गरी महिला विकास कार्यालयले संचालन गरेको तालिममा ३० जना महिलाहरुले क्रिष्टलका गहना बनाउन सिकेका छन । बुधबार भएको समापन कार्यक्रममा बोल्नेहरुले यस अघिका तालिमहरु प्रभावकारी नभएको र तालिम तालिममा मात्रै सिममित भएको भन्दै प्रमाणपत्र अनुसारको काम गर्न अनुरोध गरेका थिए । तालिमको सिपलाई व्यवहारमा उतारी उपलब्धी हात पार्नुपर्ने भन्दै उनिहरुले त्यसका लागि व्यवसायमा सहयोग गर्नेगरी सरकारी क्षेत्रबाट कार्यक्रम भैरहने बताएका थिए । तालिमका सहभागिलाई प्रमाण पत्र र व्यवसायमा सहयोग मिलोस भनेर ४५ सय रुपैयाँ पनि प्रदान गरिएको थियो । तालिमकी वरिष्ट प्रशिक्षक कमला सुवेदीले आफुबाट बनाइएका तालिमहरुबाट सिकेका व्यक्तिहरु व्यवसायी भएको हेर्न चाहेको बताएकी थिइन । महिला विकास अधिकृत राज कुमारी राइको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलको प्रमुख आतिथ्यता र स्थानिय विकास अधिकारी राम चन्द्रपौडेलको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्री, अनुसन्धान अधिकृत ओपेन्द्र रावल, बरिष्ट उद्योग अधिकृत सुनिल आचार्य, हिमवन्ति नेपालकी अध्यक्ष पदमा शाह लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन लिना वलीले गरेकी थिइन । 
१५ दिने गहना बनाउन तालिम सकियो

Previous Post
Next Post

post written by:

0 comments: