बगेको खोला फर्किदैन किन॥
दु: ख म देखि तर्किदैन किन ॥
भन्न त भन्छन दु: ख पछि नै सुख मिल्छ ॥
तर मलाई सुखले पर्खिदैन किन॥
प्रदिप कुमार गुरूङ
बिरेन्द्र नगर 8 सुर्खेत
हाल गोवा ईण्डिया
खोला बिना बगरको के अर्थ?
तिमी बिना शहर को के अर्थ?
तिमीले मलाई छोडेर गयौं भने
तिमी बिना,जीवन बाच्ने रहरको के अर्थ??
हेमन्त गौतम
त्रिवेणी 1 सल्यान
हुँदै हुँदैन भने भगवान ती पत्थरहरुमा
के.का लागी ढोग सम्मान ती पत्थरहरुमा
पुकार्नु पुकारे मैले पनि सुख शान्ती मिलेन
व्रत बसी साझा र बिहान ती पत्थरहरुमा
कमल सरोवर
धादिङ-भुमेस्थान"९" गैरीगाउँ
हाल-मलेसिया
फात्यो भने मुटु /सिएर हेरौंला !!
यो जुनि सँगसँगै/जिएर हेरौंला
बाचा कसम टोडेनौ भने तिमीले !!
सिन्दुरको अधिकार म/दिएर हेरौंला
कर्ण बि.एम (रिदेश प्रेम)
सुब घाट गँगा माला नगरपालिका
गुमि=सुर्खेत भै
यहाँ धन हुनेको कहिल्यै मन हुन्न रहेछ !
अनि मन हुनेको कहिल्यै धन हुन्न रहेछ,!!
अरुको के कुरा गर्नु स्वार्थी यो दुनियाँमा
आफ्नै मुटुको त एउटै धड्कन हुन्न रहेछ ।।
-दिपेश कुमार महतारा [ दिपु ]
कांरागिठी ९ सल्यान ,,,
हाल:प्रबाश,जोहोर बारु मलेशिया बाट
जन्म र मृत्युबिचको अलि घुर्मैलो भ्रममा छु, धेरै नसोध,
सप्ना र यथार्थको दुरी छोट्याउने क्रममा छु, धेरै नसोध,
उमेर-अवश्था आदिले धेरै फरक पार्दोरहेछ, यस्तै हो,
पैले होटेलको बास थियो; ऐले आश्रममा छु, धेरै नसोध !
Narayan Nepal,
sunsari
(now in ktm.)
तिम्रा बिचारमा म सहमत हुन छाडेपछी
अनि तिमी संग मेरो सङगत हुन छाडेपछी
मत हाॅस्न निकै माहिर भएको छु महाशय
तिमी द्वारा मेरो खुसी जफत हुन छाडेपछी
सन्तोष अम्गाई
नाम्जुङ्ग 2 गोरखा
हाल थेगु द-कोरिया
पवित्र प्रेममा बिबाद भयोभने ॥
बैरि र स्वार्थिको हात भयोभने ॥
बाँच्न सबैलाई कठिन हुनेछ
मयामा बिस्वास् घात भयो भने ॥
अमृत भुजेल
काभ्रेपलान्चोक
हाल साउदी अरेबिया रियाद ॥
यादहरुले किन यसरी प्रहार गरिरहेकाे छ ।
मुटुमा घाउ लगाई बारम्बार गरिरहेकाे छ ।
भुल्न खाेज्छु बिगत किन बाडुल्कि लागीदिन्छ
हुन सक्छ कसैले याद लगातार गरिरहेकाे छ ।
कपिल मणी
दाङ, बेलझुण्डी
तिमी बाट म टाढा, बनिदिय भने
अर्कैलाई आफ्नो, गनीदिय भने
तिमी के भनेर मन बुझाउछेउ
उसैसंग बिहे गर्छु, भनिदिय भने
Ganesh chand
luham
hal khalanaga
त्यो जुन उस्तै छ अनि घाम उस्तै छ।
मेरो दिल भित्र सनम उस्तै छ।
फेरियो त केबल तिम्रो मन फेरियो,
रगतले लेखेको चिठि खाम उस्तै छ।
ठाकुर प्रसाद ओली
दमाचौर सल्यान।
हाल- यु.ए.ई सात समुद्र पारी,
क्षितिज पारिको हु ,गाउँ उतै छ मेरो।।
बास्तबिकत थर र नाउँ उतै छ मेरो।।
मलम लगाउन खोज्छौ दुखाई कम गर्न ।।
दुखने शरीर मात्र यता घाउ उतै छ मेरो ।।
दिपक पुन,
फलाबाङ 3 रामुचवर सल्यान
हाल - बिरनो बस्ती
त्यो जुन उस्तै छ अनि घाम उस्तै छ।
तिमी प्रर्ति को मेरो लगाम उस्तै छ।
फेरियो त केबल तिम्रो मन फेरियो,
रगतले लेखेको चिठि खाम उस्तै छ।
ठाकुर प्रसाद ओली
दमाचौर सल्यान।
हाल- यु.ए.ई सात समुद्र पारी,
शिकारै तलासी जमायौ निशाना "
समातेर गोली लगायौ निशाना "
बसालेर भाँडो तताएर पानी....
पलेंटी कसेरै जनायौ निशाना !!
खुशि बाडेँ गहमा आँशु सुकाएर बसेँ
मनका पिडा मनै भित्र लुकाएर बसेँ !
हुनेहरु धनको बलले बोलि अघि सारे
थियो सत्य तर शिर झुकाएर बसेँ !
~~अमरदीप बुढाथोकी
बाझकाडा १ मोखला
हो घाउ भएको छ, खटिरा भएको छ।
फाटेर यो मन चिरा-चिरा भएको छ॥
तिमीले मलाई छोडेर गएदेखि नै सानु,
जिउने बाहना मेरो मदिरा भएको छ॥
छबिकिरण अधिकारी
बागचौर नगरपालिका
10 पिपलनेटा सल्यान
निको लाग्छ किन सधैं चालढाल उनको!!
मीठो बोली मन्द हासो कमाल उनको!!
कुनै खोट छैन बतिसै लक्षिण ले पुर्ण!!
क्या मिलेको चिटिक्क जिउडाल उनको!!
राजेन्द्र चन्द "घाएल"
मटेला ४ सुर्खेत
हाल- बादल पारिको देश मलेसिया
माया छैन मोह छैन ,मन पनि छैन!
सोचे जस्तो मेरो,बचपन पनि छैन!!
खै कस्ले अगाल्न,चाहन्थे र मलाई!
रस युक्त मेरो यो ,जोबन पनि छैन!!
दलु बुढाथोकी बिचल्लीत
पन्चकुले-७,कालितरा दाङ
हाल मलेसिया
तिमीले मलाई गर्ने माया कम भयो भने
हाम्रो माया छुटाउने कसैको दम भयो भने
मलाई बाँच्न जिन्दगी भर मुस्किल हुनेछ
मलाई छाेडी अन्तै तिम्रो घरजम भयो भने
राम प्रकाश शाह
रुकुम आठबिसकाेट घर भई
हाल मलेसिया बाट
खुशियाँ को बहार ल्याईदिने छु
हरेकदिन तिमीलाई सजाईदिने छु
दुल्न अब छोडी देउ प्रिया म छुनी
बिहे गरन पंचेबाजा बजाईदिने छु
Bikrant Bibash Nirdoshi
Ghorahi. 5 ghordaura
Now India
फुल भन्दा काँडा नै खास लाग्छ अचेल !
आफ्नो भन्दा पराईको आश लाग्छ अचेल !
दुनिया भन्छ प्रेम नै सब थोक हो !
तर ई सब मलाई बकवाश लाग्छ अचेल !
( बिचरा निमराज बस्नेत )
शारदा नगर पलिका 11 हिवल्चा सल्यान
किन होला साझ पख रुन मन लाग्छ,
सधैं भरी तिम्रो नजिक हुन मन लाग्छ,,
टाढा तिमी भयौ भने म बाच्नु कसरी,,
नजिक हुँदा तिमीलाई छुन मन लाग्छ,,
अमृत राणा
पञ्चकुले ५ दाङ
हाल साउदी अरब
पवित्र मायामा घात नहोस् ॥
पछाडि कसैको हात नहोस् ॥
दुइ मुटु एक धड्कन पवित्र बन्धन
फुटाउने छुटाउने संवाद नहोस् ॥
कुमार रेग्मी चितवन
हाल साउदि अरेबिया ।
मनको पीडा भुलाएर हसाउछे कि कतै
तिम्रो दिलमा सँधै बाँस बसाउछे कि कतै
घुम्टो हाली घर जम गर्ने मिठाे अाशा देखाएर
सल्यानको पुरुशोत्तम लाई फसाउछे कि कतै
rj pyasi purushottam and mina pariyar
8 gadapani salyan hal kapurkot
जिन्दगीमा कैँची हैन सियो हुनु पर्छ
अन्धकारमा चम्किने दियो हुनु पर्छ
कुरा काट्ने दुनियाँ त काटिरन्छ सधैं
तर तिमी आफुमा बलियो हुनु पर्छ
Rituu Magar
खाली सल्यान
फुल अनि पात संगै डालीमा नि खाेजे
अक्षेता र फुलपातिकाे थालीमा नि खाेजे
तिम्रो यादमा कल्पिएर टाेलाऊदै वस्दा
सुन्यतामा हराऊने खालीमा नि खाेजे
याम बाबु ओलि
लेख पाेखरा ५पाेखरा सल्यान
हाल=मलेसिया
हुँदै छ अरे तिम्रो बिहे त्यो दिन कसो गर्छु होला
हल्ला सुन्दै बेहोस भए निम्तो पाय मर्छु होला
घन्किने छन पन्च्य बाजा उकाली मा जब तिम्रो
म प्रान फाल्न बेसि तिर झर्छु होला
नाम सुरेश बुढाथोकी(यकल यात्री )
ठेगाना फलाबाङ ७गहिरा गाउँ सल्यान ।
हाल बिरानो बस्ती मलेशिया ।
दिन ढलेपछि रात ढलेपछि,
खाएको कसम बात ढलेपछि!
कुरा काट्नेहरूको पनि के दोष,
तिम्रो मेरो प्यारो साथ ढलेपछि!!
खिम प्रकाश कुंवर,
सिमलघारी (बॉके)
जन्मस्थान: सल्यान, कुपिण्डे दह-३
डाक्टर डरायाे तर्सिए झाँक्री धामीहरु।
दौडिदै अाए छाेडिदिए काम ज्यामीहरु।
कस्तो अचम्मकाे सपना देख्छु खै अचेल,
काठ राख्दै थिए मेराे लासमा मलामीहरु।
Sentimental Heart
मन
राङ्काेट २ राेल्पा
हाल मलेसिया
म रोएको हेर्न सक्ने मन तिम्रो निस्टुरी रहेछ ।
देख्दा कोमल लाग्थ्यो तर भित्र भित्रै रेट्ने धारीलो छुरी रहेछ
एकछिन पनि टाढा छैनौउ जस्तो लाग्थ्यो
तर तिमी र म बिचको फराकीलो दुरी रहेछ
सरीता खड्का
दाङ
जिन्दगीलाई जसोतसो चलाउने नि पैसा रैछ
पैतालाले आपनो सिर ढलाउने नि पैसा रैछ।
जिन्दगीको गोरेटोमा संगै हिडने मान्छे भित्र
टाढा हुने सोचहरु पलाउने नि पैस रैछ।
बुद्धि बुढाथोकी
बाँझकाँडा १ मोखाला सल्यान।
हाल: सल्यान खलंगामा।
बिहानै उठेर साहुको मेला तिर लाग्छु!!
पेट भर्न कसैको ज्याला तिर लाग्छु!!
भोको पेट,चर्को घाम भिजाउदै शरिर!!
सहयात्री जिन्दगीको ठेला तिर लाग्छु!!
टि.आर.शर्मा"अथकमनु"
बामे 3 सल्यान
थाहा भाे तिमी कसैकाे धन देखेर गयौं ।।
सिउदाे भर्दै गरेको सिन्दुर छेकेर गयौं ।।
जग्य बाटै उठेर सबै माझ बेईजति बनाई।
अझै जन्ति सामु मेरै काख टेकेर गयाै ।।
नाम:- देब क्षेत्रि *घायल*।
ठेगान:-कुपिण्डे दह ७ सल्यान ।
हाल:- प्रबाँस -कतार ।
बाच्नलाई त हजारौं हजार बर्ष मन हुन्छ
भाग्य,,,,बिधाताको खै कस्तो चयन हुन्छ
थाहा हुन्न कहिले सम्म राख्छ अनि लैजान्छ
यो जिन्दगानी उहीँ दैबको त खटन हुन्छ !!
बिकेन्द्र सहयात्री
ओखलढुंगा

0 comments: