कार्यक्रम मुत्तक डायरीको ९ औ श्रृखलामा वाचन भएका मुत्तक
नबिन पुर्बेली
हरेक पल सुख शान्ति छाओस् शुभकामना
दुख पिडा बेदना टाढा जाओस् शुभकामना
मुस्कुराई रहुन सधा झै सबैको मनमा तिमी
जन्म दिन संगै नबयुग आओस् शुभकामना
Raj Solu
एक मुटु टुक्रिएर दुई हुन नपरोस् !!
सम्झिएर एकान्तमा रुन नपरोस् !!
जुनिजुनीलाई साथ हुनुपर्छ सानू !!
याद आउँदा तस्वीर छुन नपरोस् !!
राज सोलु "अछुत"
नेचा बतासे सात गैरी
सोलुखुम्बु
हाल मलेसिया
Rajkumari Khadka
मलाई अब निश्टुरिको मन चाहियन
स्वार्थले कमायको त्यो धन चाहियन
एक्लै पनि बाच्न सक्ने भइसके अब
साच्चै अब मलाई तिम्रो जोबन चाहियन
राज कुमारि अबिरल अाँशु
त्रिवेणि ९ दारिमज्युला सल्यान
Kabi Subedi
मनले हो या जवानिले बिगार्यो ।
आँफै हो या बैमानिले बिगार्यो ।।
फुलको सुवास बसाई सरेपछि ।
देको पिडा नमेट्टि निसानिले बिगार्यो ।।
क बि सुबेदी
Dang देउँखुरी बाट
Karna Bm Ridesh Prem
कोहि अदन देखायर गयो !!
अनि बदन देखायर गयो
झुठो आसमा पारेर मलाई !!
तन मन देखायर गयो
कर्ण B.M रिदेश प्रेम
सुब घात गँगा माला नगरपालिका
९ गुमि सुर्खेत
हाल - ७समुन्द्र पारी बाट
Sunita Sapkota
तिनै बैसालु यौवन को छाया देखाएर
मलाई उस्कै मुटु दायाँ बाया देखाएर
कटाइदिन्छ हरेक मेरा रात अनिदो
कहिले रिस त कहिले माया देखाएर
Sugam Shyamswet Gc
भेट्ने आस मा कुरी रहेँ हराएको ब्याक्ती,
बिच बाटो मा मलाई एक्लै गराएको ब्याक्ती,
किन सधै अर्का को बसमा मात्रै परिरहन्छ,
यो 'सुगम' ले मन पराएको ब्याक्ती,
"सुगम"श्यामस्वेत जि सी
मैदान 5 अर्घाखाँची हाल बुटवल रुपन्देही
धदिङ्को चेली बिन्दा
स्वार्थी लाग्छ दुनियाँ सारा मन पर्दैन .....
आजभोली प्रेमको नारा मन पर्दैन....
म रूदाँ आकाशको जुनले पनि जिस्क्याउथ्यो ..
त्यसैले त जुन अनि तारा मन पर्दैन
Binda khatiwada Kathmandu
Durgesh RaNa GafaDee
तिम्रो यादमा मुटु दुखाई जिएको छु हेर।
तिम्लाइ भुल्न नशाको साथ लिएको छु हेर।
अाफुलाई भन्दा धेरै बिस्वास् गरेको थेँ मैले।
तिम्रो साथ छुटेपछी हर रात सधै रोएको छु हेर।
दुर्गेश राना मगर,
सिन्धुली नेपाल ,
हाल मलेसिया,,,,,,,,(पहिलो कोशेली)
Santosh Thapa
कतै यार भेटिन्न
कतै प्यार भेटिन्न
बारम्बार खोजेपनी
जिबनको सृङार भेटिन्न
Sushant DC narayan d.c
तिमी अनि म बिचको दुरि फरक छ।
धार एउटै होला तर छुरी फरक छ।।
नदेखाउ भो सपना समान भको हामी।
महल अनि झुपडिको दुरि फरक छ।।
धन्बाङ ८गाडापानी सल्यान
published on 8:52 PM
leave a reply
0 comments: