Saturday, January 30, 2016

कार्यक्रम मुत्तक डायरीको ९ औ श्रृखलामा वाचन भएका मुत्तक
Aaryan Sharma Nepal
हिउँझैँ चिसाे तिम्राे प्रेमले वियाेगी बनायाे
बारम्बारकाे तिम्रै सम्झनाले राेगी बनायाे
बर्खा मासकाे भेलसमान भयाे तिम्राे माया
बिर्सीजाने निष्ठुरीकाे यादले जाेगी बनायाे ।
अार्यन शर्मा नेपाल
वराहक्षेत्र, सुनसरी
गणेश संघर्ष
न त आउ भने न जाउ नै भने !
न मै सँग पिरति लाउ नै भने!
प्रेमको बहार उपहार लिएर आई,
न पिरतिको प्यास मेटाउ नै भने!
गणेश संघर्ष
सिलगढी डोटी

C.p. Thapa
आजभोलि न हाम्रो कुरा हुन्छ कठै ।
नत भेट्ने रहर पनि पूरा हुन्छ कठै ।।
के उनले मेरो माया मारिजालिन् त ।
गइन् भने हाम्रो माया टुहुरा हुन्छ कठै ।।
सि.पि.थापा ,,
सिन्बाङ ८ खस्घुर सल्यान ,,
हाल-मलेसिया ,,,,

Dipa Gharti Magar
मन यसरी फाटेकाेछ सिउन गाराे भाे
अात्मा हत्या गर्थे बीस पिउन गाराे भाे
उनलाई भुल्ने अौखति हुन्छ भने मलाई देउ
उनको यादमा जीवन यो जिउन गाराे भाे
Dipa Magar
malneta salyan
नर बोगटी
बालक छदाको पैचो नून उधारो छ !
बिबाह बर्त बन्धको सून उधारो छ !!
ओहो कस्तो अभागि रहेछू म !
साथिहरूले लगायको गुण उधारो छ !!
नर बोगटी
धमाली 8 अछाम
हाल भारत
C-uty O Anita Pm
aphno jit mero har banayar
mayako byapar banayaraw
gayako xa tyo malaexodi
aaphno xuttae sansar banayara
Anita Anjalee
from-kavra salyan
'रश्मि' शर्मा महेश
नजिकको मान्छे पनि यहाँ, दुर हुन सक्छन् !
धेरै नगरे प्रशंसा कोही, सत्तुर हुन सक्छन् !!
आफ्नु ठाउँमा रोशनी बनिदिनु है तिमी,
'रश्मि' हुदा प्रकट शत्रु, मधुर हुन सक्छन् !
 महेश शर्मा 'रश्मि'
कोहलपुर, हाल शिव जन उ.मा.वि मा I.s.c.Ag अध्ययनरत

Kumar Regmi
सुन्छु हल्ला पराइ सङ्गै ,रमाउछ्यौ रे काली ।।
ईज्जत भन्दा बेइज्जत धेरै ,कमाउछ्यौ रे काली ।।
छोटा छोटा लुगा लगाइ पल्सर बाइक चडि
बेहोसि झैँ जोसुकैलाई , समउछ्यौ रे काली ।।
कुमार रेग्मी चितवन
हाल साउदी अरेबिया ।।

Keerti Raj Oli
सुनसान हरियालीले छायको त्यो ठाऊ।
सुन्दरतै सुन्दरताले भरियको त्यो ठाऊ ।।
हो त्यो त कल्पना मात्र गनॆं सकिन्छ।।।
राम अनि सिता बनवास गयको त्यो ठाऊ।।।
Keerti Raj Oli
alyan bagchaur nagarpalika 8 parilekh

Db Ghyal
देखेका सपनाहरू अधुरा हुने रहेछ/
हिड्ने बाटोहरू सागुरा हुने रहेछ/
धोका पाएसी थाहा भयो यार,
मिठो बोलीमा छुरा हुने रहेछ/
दि बि घायल
रोल्पा
हाल मलेसिया


Úttar kumar sahu
Chhabi Pokhrel
लाएको मायाँ तोड्दैछिन् उनिले |
पराईको घुँम्टो ओढ्दैछिन उनिले ||
दुईचार दिन,मिठा सुगन्ध देखाई |
यो मुँटुमा छुरा खोप्दैछिन उनिले ||
छबि पोख्रेल
दाँङ
छविकिरण अधिकारी मुक्तक
हो मर्नलाई नि, बिष पिउन सकिदै सकिएन।
अनि फाटेको यो मन सिउन सकिदै सकिएन॥
गरियो, दुःख कष्ट र संघर्ष त हजार गरियो।
सोचेजस्तो जिन्दगी, जिउन सकिदै सकिएन॥
छबिकिरण अधिकारी
बागचौर नगरपालिका
10 पिपलनेटा सल्यान

सन्तोष थापा समर्पित
सजायको त्यो घर सुन्ने भाहोला
कसैले गरेको पाप पुन्य भाहोला।
घर डाडा बनपाखा गाम्बेशी गर्दाखेरीको आउछ याद ..
सजायको त्यो दिल मूल्य भाहोला।
सन्तोष थापा समर्पित
घर फलाबाङ ८ सल्यान
मलेसिया

Santosh Amgai
फूल झैॅ ओइली झर्नुपर्छ भन्ने थाहा हुॅदा हुॅदै
कालको पाउमा पर्नुपर्छ भन्ने थाहा हुॅदा हुॅदै
तेरो मेरो भन्दै जीउनु पर्ने यो कस्तो जीवन?
एक दिन पक्कै मर्नुपर्छ भन्ने थाहा हुॅदा हुॅदै
Santosh Amgai
नाम्जुङ्ग 2 गोरखा
हाल थेगु द-कोरिया
Previous Post
Next Post

post written by:

0 comments: