Saturday, January 30, 2016

कार्यक्रम मुत्तक डायरीको ९ औ श्रृखलामा वाचन भएका मुत्तक
Jee Van Jyoti Gm
 ए हजुर मैले उसको माया पाउना सकिन।।
माया त माया थियो छाया पाउना सकिना।।।
उसकै यादमा पागल भैसकेको छु;र झस्किन्छु यता उति हेर्छु!!!!!
तर उसलाइ मेरो दायाँ-बायाँ पाउना सकिना।।।।।
जीवन ज्योती जि.ए.म ।
दमाचौर;4सल्यान।।

Hari Kc Yakal Sahayatri
मैले गरेको प्रेमलाइ लिलामी बनायौ
आफ्नो भन्दाभन्दै मलाई हरामी बनायौ
तिम्रै यादले सताइ रहन्छ जिन्दगीमा
सताइ रहने मलाई ठुलो बिरामी बनायौ
हरि के सी एकल सहयात्री
बा.न.पा १० पिपलनेटा सल्यान


डि.पि भावुक चैनपुरे जुजारु
सडक बाट महल पुगेपछि पाँउ चिन्दैन्न र पो।
जस्ले जस्लाई सहयोग गर्यो नाँउ चिन्दैन्नर पो।
कति सुनाऊ मेरा मनका व्यथाहरू यंहाअझै,
तैपनि किन ?मेरो मायाको भाउँ चिन्दैन्न र पो।
डि.पि छत्कुली भावुक
चैनपुर २धादिङ्ग
हाल मलेशिया।
____________________________________
कयौँ दिन रात रोएर काटेकी छू मैले।
आफ्नै मनलाई बारबार ढाटेकी छू मैले।
जब खुसीहरु मलाई जिज्यार हिँडे अनि
खुसी सङ्ग आशुहरु साटेकी छू मैले।
Spandan saru
Nepal
________________________________
आउ हेर्न भुकम्पले, घर ढल्यो दाजै ।
पहिरोमा चौतारिको, वर ढल्यो दाजै ।।
भौतिक संरचना र मानवीय क्षति भयो,
हासिखुसी रमि बाच्ने, रहर ढल्यो दाजै ।।।
देबकी लामिघाते।
मांखा-९,सिन्धुपाल्चोक।
___________________________________
वेमौसमी भयो जीवन कुहेर सकियो।
सपनात देखे हरेक तुहेर सकियो।
आजभोली भन्दै समय टरेर गै सक्यो।
भरीएन घैला हजुर चुहेर सकीयो ।
खड्का जगत ।
दोलखाली ।
हाल मलेशीया।
____________________________________
आउनेछु म आउनेछु जूनबनेर आउने छु ।
मुट नै कम्पन गराउने धुनबनेर आउने छु ।
तिम्रो अपमानको बदला यसरी तिर्नु छ मैले,
तेसैले त म अकबरी सुन बनेर आउने छु ।।
भेष राज श्रेष्ठ (अछुत मान्छे ) मुटु
नेचा बतासे गैरी
सोलुखुम्बु ।
हाल मलेशिया।
______________________________________
बेमौसमको फुल हो काली ओइलिएर झरी सोच्नु।
जिउँछु भन्थ्यी हारे पनि फेरि खै किन मरि सोच्नु।
उस्को दिलको घाउ सायद बल्झिएर हो कि कतै,
मेरै कारण हो कि त आफैलाई एक एक गरि सोच्नु।
गिता कार्की
क न पा १५
सिन्धुली।
_______________________________________
अाफ्नै जीवन देखि अब हारेको मान्छे मत।
अाफ्ना ले नै पटक पटक मारेको मान्छे मत।
जस्लाई अाफ्नो सम्झेर तन मन सुम्पिदिए
उसैले नै साथ छोडि एक्लो पारेको मान्छे मत।
दिलकुमार कार्कि"अभागि"
भिरकोट,६ दोलखा।
______________________________________
अछुत भन्दै तिमीले मलाई थुक्दा पनि सानू।
तिखा बचनले मेराे याे मुटु दुख्दा पनि सानू।
सम्झि रहन्छु अझै पनि दिन रात सधै भरी,
बगाएर मेराे अाशुँकाे मुल सुक्दा पनि सानू।
मन प्रसाद महर
राङ्काेट-२राेल्पा।
हाल मलेसिया।
_________________________________
हिरा मोतिको भन्दा ठुलो मोल छ छातिमा
निकै मान्छे बस्न सक्ने होल छ छातीमा
मलाई जसरी पनि आजै जान्न पर्नेछ यति
किन?आगो नलाई भतभत पोल्छ छातिमा
एक्लो पागल केटा।
नेपाल
हाल कतार
_______________________________
छाती भित्र तिम्रो फोटाे टास्नु गल्ती भो।
दुख तिम्रो लिइ मुटुमा हास्नु गल्ती भो।
कत्ती भोगे पिर चिन्ता तिम्रो खुसी हेर्न,
मनभरिको आफ्नो खुसी मास्नु गल्ती भो।
सन्जय लामा।
सिन्धुली।
_______________________________
उनको यादमा सराब हैन जहर पिउछु म।
धर्ती छोडी स्वर्गमा गई एक्लै जिउछु म।
चोखो माया गर्दा खेरी फाटेको यो मन।।
उतै पुगि टाल टुल गरि आफै सिउछु म।।
सागर क्षितिज राई
खोटाङ
हाल बिरानो प्रदेश
________________________________
लाग्छ मलाई जिन्दगीमा खोट धेरै छ
अमृत भन्दा जहर फल्ने बोट धेरै छ
खुशी हुँदै,बनावटी हासो हास्न सक्छु
नदेखिने भित्री मन मा चोट धेरै छ
रितु मगर
सल्यान
__________________________________
हिरा मोतिको भन्दा ठुलो मोल छ छातिमा
निकै मान्छे बस्न सक्ने होल छ छातीमा
मलाई जसरी पनि आजै जान्न पर्नेछ यति
किन?आगो नलाई भतभत पोल्छ छातिमा
Subas Khatiwada
खोटाङ्ग
हाल कतार।
____________________________________
आज कतै मेरो फोटो टासेको देखे।
एका बिहानै कुखुरा भाले बासेको देखे।
तिमी सधै रुन्थियै मात्र किन हो कुन्नि
आज धेरै पछाडि तिमी हासेको देखे।
राज अजनबी
पाचथर मेची
Previous Post
Next Post

post written by:

0 comments: