Thursday, January 7, 2016

कार्यक्रम मुत्तक डायरी (2072-9-18) मा वाचन भएका मुत्तकहरु
प्रकाश मगर बियोगी मुक्तक
___________
बियोग बनाउदै अन्तै माया नहेर है प्रिय
प्रकाश छोडी घृणित छाँया नहेर है प्रिय
बाचा कसम खाए पछि निभाउनु नै पर्छ
कुसंस्कार पुगि दायाँ बायाँ नहेर है प्रिय।
प्रकाश मगर बियोगी
सौडियार १ दाङ
हाल भारत
नबिन पुर्बेली मुक्तक
सपनिमा सुटुक्कै आईदेउ मेरो राजा
हरपल यो मनमा छाईदेउ मेरो राजा
गुलाबी ओठले स्वागत गर्छु तिम्लाई
निदरीमै अंगालो लाईदेउ मेरो राजा
नबिन पुर्बेली,,
Reply
प्रकाश मगर बियोगी
आउदै थिएँ म बाटैमा काँडाले रोक्यो रानी
खोलाखाली हुँदै जादा डाँडाले रोक्यो रानी
त्यो गुलाबी ओठमा चुम्मन गर्न मन थियो
वरि-परि घुम्ने गाउका छाडाले रोक्यो रानी।
Royal Lux
Dekheko sapana adhuro hola alag kura ho!
Samayale kasailai parkhiyala alag kura ho!!
Herdai jau sapana kadapi pura hunexa,,,
Ho kunai din sapanako baat phutla alag kura ho!!!
( Laxmi chand
Damachaur Salyan)
JaNak ArYal
पोखरी छ, पानी छैन, रानी ।
सरिर छ, जवानी छैन, रानी ।।
मौन रहन देऊ, शब्दकोशहरु
घटना छ, कहानी छैन, रानी ।।
जनक अर्याल
स्याङ्जा वालिङ
Kumar Regmi
एक्लै हिनेजस्तो लाग्छ ठुलो सहर माझ ।।
तिम्रो प्रेमि जिउँदै मर्यो यो सन्सार मा आज ।।
बाचा कसम तोडिदियौ कठोर रैछ मन
चिन्छु सम्म भन्न पनि लाग्छ अरे लाज ।।
चितवन सुन्दर बस्ती
हाल साउदि अरेबिया
रियाद ।!!!!!!!!!
कमल नयन साहित्य प्रेमि मुक्तक
बजारमा बिक्री हुने सब थोकमा तिमी देख्छु
प्रत्येक्ष मेरो आँखाले चोक चोकमा तिमी देख्छु
स्वार्थी बनी स्वार्थ लुट्दैछौं यत्तिसम्म रैछ तिमी
सत्य बोलि छ उसको हर जोकमा तिमी देख्छु
कमल नयन साहित्य प्रेमी
धादिङ-९,, भुमेस्थान गैरिगाउँ
हाल:- मलेसिया
THakur Prasad Oli
मलाई मारी गाडेर चिहान बनाउने।
को को रहेछौ झुठो बयान बनाउने।
मन मनै रमाउदै बाहिरि रुप म कठै भन्दै,
थुक लगाइ रोएको झै नयन बनाउने।
Dear Prasad
THakur Prasad Oli
Damachaur Salyan
नबराज न्यौपाने
‪#‎मुक्तक‬
दैब यो कस्तो अभागी निधार बनाइस !
एकबार हैन बारबार बनाइस !!
भन्न त भन्थिस त सोच म पुर्याउछु भनी !!!
खै कुन सपना मेरो साकार बनाइस !!!!
नबराज न्यौपाने
शारदा नगरपालिका 14, माल्नेटा सल्या
हरि के सी एकल सहयात्री
बाधेता भएर होला या रहर भएर होला
मेरो झुपडी तिम्रो लयान्टर घर भएर होला
त्यसैले तिमिले मेरो प्रेम असुइकार गरेको
मेरो गाउमा तिम्रो सहरमा घर भएर होला
हरि के सी एकल सहयात्री
बा.न.पा १० पिपलनेटा सल्यन
दलु बुढाथोकी पल्लोघरे कान्छो
बल्झिन्छअतीत कलेजी,वारपार !
अनि चस्किन्छ यो मुटु,लगातार !!
जिउनै मुस्किल हर पल, हर क्षण !
सम्झि रहने दिल यो ,भएर गद्दार !!
दलु बुढाथोकी``बिचल्लीत´´
पन्चकुले-७,दाङ
हाल -मलेसिया
मधु बुढाथाेकि ( माधव
बल्झिबल्झि दुख्छ मुटु घाउ भयर हाेला
विश्वास घाति पापिनिकाे नाउ भयर हाेला,,,,
हासिहासि रेट्याै मुटु टुक्राटुक्रा पारि
तिम्राे साथमा खुकुरि र दाउ भयर हाेला
मधु बुढाथाेकि ( माधव
शा,न,पा ६ काैछे
सन्देश पाखे
#मुक्तक
ठुली भाउजू आँखा तर्छे ठुले बिदेश गएदेखी ||
निहुँ खोज्दै नजिक सर्छे ठुले बिदेश गएदेखी ||
आजभोलि निकै उनिलाई बैँस चढ्न थालेको छ
लुकि लुकि मेकफ गर्छे ठुले बिदेश गएदेखी ||
सन्देश पाखे
फुलबारी ताप्लेजुङ
Reply
नबिन पुर्बेली मुक्तक
सन्देश ले भाउजु माथी आँखा लाउने
दाजु बिदेश गएपछी उतैतिर पो धाउने
दाजु भने दुख गर्छ मरी मरी बिदेशमा
भाउजु एता देवरको घोर्ले छोरो पाउने
हैट मुर्दार,,
सन्तोष अम्गाई
सुख दुख सधै नजिक सर्न सक्ने खोज्दैछु म
पिडा खुसी आत्मसाथ गर्न सक्ने खोज्दैछु म
सत्रुबैरी,समाज सामु कुलको इज्जत जोगाउदै
परिवारमा हाॅसो खुसी छर्न सक्ने खोज्दैछु म
सन्तोष अम्गाई
नाम्जुङ्ग 2 गोरखा
हाल द-कोरिया
नविन संघर्ष
मुक्तक:-
आजभोलि मनको मझेरी,दुख्छ कति साह्रो।
यादहरू मस्तिष्कमा बेरी,दुख्छ कति साह्रो।
डाक्टर कहाँ पनि धाए ,धामी कहाँ पनि गए,
देखाउन मिल्दैन घाउ फेरि,दुख्छ कति साह्रो।
-नवीन संघर्ष (सिन्धुली )
Chudamani Kc मुक्तक
हो घाम बेग्लै लाग्छ पानी बेग्लै लाग्छ।
हिजोको त्यो, प्रेम कहानी बेग्लै लाग्छ॥
तिमीले मलाई छोडेर गएदेखि नै सानु।
किन- किन यो जिन्दगानी बेग्लै लाग्छ॥
चुडामणि के सी
बा.न.पा १० पिपलनेटा,सल्यान
छविकिरण अधिकारी मुक्तक
रोइरहे आखिर मलाई सँधै, रुना थियो।
जतिखेर नि आँसुले नै मुख, धुना थियो॥
टाढिएर गयो हर्ष खुसी नि एक्लै छोडी।
आखिर ऊ त दुई दिनको पाहुना थियो॥
छबिकिरण अधिकारी
बा न पा 10 पिपलनेटा
सल्यान
Binda khatiwada"लुरी
उसको स्वार्थ पुरा हुँदा दानी भइन्छ
अनी उसकै आखाको नानी भइन्छ
जब फुलको जवानी रितीन्छ
उसकै निम्ती आफु बैमानी भइन्छ"
kathmandu
चुडामनी पि एम
निष्ठुरिले धोका दिइ पाप लागे हुन्थ्यो !
हजार जुनिइ सम्म मेरो सराप लागे हुन्थ्यो !!
किन लाउनु पर्या होला, बनावटी सिन्दुर
सिन्दुर होइन चुडामनी नाम छाप लागे हुन्थ्यो !!!
## बिचारा चुडामनी पि एम संगीत ##
कपुरकोट किमुचौर फूलबारी सल्यान ।
* PURNA SAMARPAN D.C.
Sakdin hiramoti sun dinna ma!
Vokopet nango sharir hun dinna ma!!
Ma maya laudaina vo jhuto aasha dekhayara,
Hansauna nasakeni sadai run dinna ma!!!
* PURNA SAMARPAN D.C.
Tripur3 Thatigaun, Dang
कपिल मणी
पत्थर मुर्ति भगवान म मान्दै मान्दैन ।
फूल बिनाकाे बगान म मान्दै मान्दैन ।
पिरति न हुन्छ गुलाफ दिएर सफल
मात्रै हाे याे त उखान म मान्दै मान्दैन ।
कपिल लामीछाने
दाङ, बेलझुण्डी
भेष राज श्रेष्ठ
अरु भन्दा उनी निकै नै खास भएपछि 💕
उसै संग घरवार जोड्ने आस भएपछि 💕
भनि दिए सारा मनको कुरा उनी सामु 💕
उ बिना जिन्दगी जिउदै लास भएपछि 💕
भेष राज श्रेष्ठ "अछुत"
नेचा गैरी सोलुखुम्बु
हाल मलेसिया
अार्यन शर्मा नेपाल
मायारुपी सागर त्याे तर्न मन लाग्याे ,
तिम्रै घर छेउ डेरा सर्न मन लाग्याे ,
दिलकी रानी बनाएर राख्न मुटुमा !
बाँझाे त्याे तिम्राे सिउँदाे भर्न मन लाग्याे ।
अार्यन शर्मा नेपाल
वराहक्षेत्र, सुनसरी
Anup Sharmah
byatha haru badayera k po garnu maile
aafno vudi varayera k po garnu maile
muktak lekhiyo tara sunne manxe nahuda
aafuilai nei sunayera k po garnu maile !
anup sharmah (khatiwoda)
monabari gaon
biswanath chariali (assam)
भरत सङगम परियार
मुटुमा हानेको तरवार सहेर बाचौला ।
तीमीले गरेको तिरस्कार सहेर बाचौला।
म मर्ने बेला के दिन सक्छू र तिमिलाई
दिएरै पनि जीबन उपहार सहेर बाचौला।
भरत सङगम परियार
कोटबारा सानागाडाकोट
Rj Paribartan Surendra
Voli bihanai bazzar ma akhabar aaunex
‪#‎khojer‬ padnu katai mero aanuhar aaune xa.
kathai bara u marex auta premi ko yadama
‪#‎redio‬ sunnu patrika padnu samachar aaunexa.
BP OLI SMART
छोडि जाने निष्ठुरीको घरबार हरामी
घरबार तोडनेको दरबार हरामी ॥
धोकेबाजकै जित हुन्छ अचेल॥
लाग्दैछ आज प्रेमिहरुको सरकार हरामी ॥
नाम BP OLI SMART
ठेगाना rolpa Jinawang
राजेश बिबस दङ्गाली
तिमी बिना यो मन किन सेट हुदैन ।
आजकल त अन्लाइन म भेट हुदैन ।
लुकि लिकि आउदि रहिछेउ मेरो आँखा छली ।
मलाइ त भन्ने गर्छेउ मेरो येता नेट हुदैन।
प्रेसक=राजेश बिबस दङ्गाली
धनौरी ६ कासिपुर
हाल सौदी अरबिया
नबराज सुनार
जुधेपछी उनको मेरो नजर अचम्म
न त थाहा ठेगाना छ नत घर अचम्म
थाहै नपाई माया बस्छ भन्थे रैछ क्यारे
भएको छ भरखरै को भरखर अचम्म
नबराज सुनार
तुल्सीपुर दाङ
हाल:दोहा कतार बाट
Previous Post
Next Post

post written by:

0 comments: