Saturday, February 10, 2018

शारदा नगरपालिकाका वडा नं. १२ र १३ लाई पूर्ण खोपयुक्त घोषणा गरियो



             शारदा नगरपालिका वडा नं १२ र १३ लाई शनिबार पुर्ण खोपयुक्त वडा घोषणा गरिएको छ । शारदा नगरपालिका वडा नं. १२ र १३ को आयोजनामा एक कार्यक्रमका विच स्यानीखालमा सो घोषणा गरिएको हो । घोषणा कार्यक्रममा बोल्ने वक्ताहरुले शानपा वडा नं. १२ र १३ पूर्ण खोपयुक्त घोषणा गरेकोमा खुसी ब्यक्त गर्दै यो अभियानलाई निरन्तरता दिन अझै आवश्यक रहेकोमा जोड दिएका थिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय समिति सल्यानका प्रमुख केश बहादुर बिष्ट, शानपा का प्रमुख सुरेश अधिकारी, जिल्ला स्वास्थ्य प्रमुख डा. अर्जुन बुढा, महिला विकाश अधिकारी बिष्णुृ आचार्य र शा.न.पा. १२ का अध्यक्ष दिपक हमालले आफ्नो शुभकामना मन्तब्य राख्नु भएको थियो । शानपा १३ का वडा अध्यक्ष तुल्सी बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको संचालन श्रोतब्यक्ती विर बहादुर सेजवालले गर्नुभएको थियो ।

                         kmf]6f] lkmr/















Friday, February 9, 2018

नेत्र भण्डारीको लोक पप गीत “थुम्का” युट्युबमा सार्वजनिक ( भिडियो सहित)

        मालती डिजिटल प्रा.लि. को प्रस्तुतिमा तिर्सना घर्ती मगरको लोक पप गीत “थुम्का” युट्युबमा सार्बजनिक भएको छ ।  यस गीतमा लोकप्रिय गायकरगायिका नेत्र भण्डारी र तिर्सना घर्ती मगरले स्वर दिएका छन् । सन्ध्या के.सी.को शब्द, क्रान्ति के.सी.को निर्देशन, नेत्र भण्डारीको संगीत, अजय रेग्मीको छायांकन रहेको यस म्युजिक भिडियोमा अभिनय दिपक र लोसिनाको रहेको छ ।

Nepali Lok Pop Song - Thumka Singer – Netra Bhandari & Tirsana Gharti Lyrics – Sandhya KC Music – Netra Bhandari Artists – Dikpal & Losina Editor – Kranti KC Camera – Ajay Regmi Director – Kranti KC

भिडियो हेर्न यहा Click गर्नुहोस ।

त्रिशुली नदीमा जीप खस्दा सिंचाई मन्त्रालयका सचिव सहित तीन जना बेपत्ता
     
   धादिङको बेनीघाटरोलाङबाट सिंचाई मन्त्रालयका सचिव रामानन्द प्रसाद यादव सवार जिप त्रिशुली नदीमा खस्दा यादव सहित तीन जना वेपत्ता भएका छन् । बेनीघाटरोलाङ गाउँपालिका वडा नम्वर ३ को सलाङघाटबाट बा २ झ ३१४० जीप खस्दा सचिव यादव सहित तीन जना बेपत्ता भएका हुन् । आज विहान काठमाण्डौ आउँदै गरको जीप त्रिशुलीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । सचिव यादव सहित उहाँका छोरा संजय यादव, परिचय खुल्न नसकेको एकजना किशोरी रहेको जीपका चालकलाई उदृत गर्दै प्रहरीले जानकारी दिएको छ । जिपमा अरु कति जना सवार दिए भन्ने खुलेको छैन । घाईते चालक निराज यादवलाई उपचारका लागि काठमाण्डौ ल्याइएको छ ।
Soucre : CIN
नगरकार्यपालीकाका पदाधिकारी एंव सदस्यहरुका लागी दुई दिने न्यायिक क्षमता अभिवृद्धि विषयक अभिमुखिकरण कार्यक्रम शुक्रबार देखी शा.न.पा. ६ बरलामा सुरु

         नगरकार्यपालीकाका पदाधिकारी एंव सदस्यहरुका लागी दुई दिने न्यायिक क्षमता अभिवृद्धि विषयक अभिमुखिकरण कार्यक्रम शुक्रबार देखी शा.न.पा. ६ बरलामा सुरु भएको छ । शारदा नगरपालीका कार्यालय र जिल्ला अदालत सल्यानको सयुक्त आयोजनामा संचालन भईरहेको सो कार्यक्रममा नगरपालिकाका पदाधिकारी एंव सदस्यहरुको सहभागिता रहेको छ । स्थानिय निकायका पदाधिकारीहरुले निभाउनुपर्ने न्यायिक भूमिका र कानुनी उपचार अगायतका विषयमा अभिमूखीकरण कार्यक्रममा स्पष्ट पारिनेछ । कार्यक्रमको उदघाटन सत्रमा जिल्ला न्याधिस मदन बहादुर धामी, शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारी र शा.न.पा.का कार्यकारी अधिकृत शुवर्ण सिंह ठकुरीकाले आप्ना भनाई राख्नुभएको थियो । कार्यक्रमको संचालन श्रोतब्यक्ती विर बहादु सेजवालले गर्नु भएको थियो ।
गायक कृष्ण रेउलेको गाउमा हल्ला चल्यो रिलिज ( भिडियो सहित )

           चर्चित गायक कृष्ण रेउले र प्रिति आलेको स्वरमा रहेको गाँउमा हल्ला चल्यो बोलको गित रिलिज भएको छ । उक्त गितमा कृष्ण रेउलेकै शब्द तथा लय रहेको छ भने भिडियोमा कृष्ण रेउले र रिना थापमगरको धमाकेदार अभिनय देख्न सकिने उक्त गितको छायाकंन दुर्गा पौडेल र सम्पादन नविन घर्तिमगरले गरेका छन भने गीतको निर्देशन शंकर वि.सी. ले गरेका छन ।

Gaunma Halla Chalyo
Singer – Krishna Reule & Priti Ale
Lyrics/Music – Krishna Reule
Artist – Krishna Reule & Rina Thapa Magar
Editor – Nabin Gharti Magar
Camera – Durga Poudel
Director – Shankar BC

भिडियो हेर्न यहा Click गर्नुहोस
जिल्ला ट्राफिक ले गर्यो ११६ जना सवारी चालकको स्वास्थ्य परिक्षण


         

         जिल्ला ट्राफिकले खंलगा स्वास्थ्य चौकी शीतलपाटी सल्यानको सहयोगमा १ दिने सवारी चालकको स्वास्थ्य चेकजाँच कार्यक्रम सम्पन्न गरेको छ । ट्राफिक कार्यलय सल्यानका प्रमुख गोपाल शर्माको सहभागीतामा स्वास्थ्य चौकी शीतलपाटीका स्वास्थ्यकर्मीहरुले ११६ जना सवारी चालकको ब्रड प्रेसर लगायत सामान्य स्वास्थ्य अबस्थाको बारेमा चेकजाँच गरेका थिय । सवारी दुर्घटना न्यूनिकरणको लागी उक्त कार्यक्रम गरिएको जिल्ला ट्राफिक कार्यालय सल्यानले जनाएको छ ।