जुन अनि तारा सबैलाई थाहा छ।
मेरो असली पारा सबैलाई थाहा छ।
मैले तिम्लाइ कतिसम्म माया गर्छु भन्ने
यो दुनिया सारा सबैलाई थाहा छ।
सन्तोष थापा (मोट्टु)
क.न.पा-१ सिन्धुली नेपानीटार
आयपछी गयौ पिर यति भो ।
दुईदिन मेरि भयौ पिर यति भो ।
.....................................
जादा एक्लै जानु थियो प्रिय,
मन मुटु संगै लयौ पिर यति भो
एक्सन अा सिं
दामां गाउपालिका 2 सल्यान
हाल :घोराहि दाङ
म अचेल घरी घरी छटपटाइ रहन्छु
पानीबिनाको माछासरी छट्पटाई रहन्छु
उसका यादले सधै मुटु रेटिरहन्छ र त
निन्द्रा लाग्दैन रातभरि छट्पटाइ रहन्छु
जगत बि सी
शारदा न.पा.६ कौछे सल्यान
हाल - नेपालगन्ज ।
आधीहुरी मैलाई छानी कहिलेसम्म चल्दो रहेछ
त्यो दैवको मनोमानी कहिलेसम्म चल्दो रहेछ
खुसी छैन कत्ति पनि,सधैं पिरको भारी बोकी
हेरौं न यो जिन्दगानी कहिलेसम्म चल्दो रहेछ
रेश्मा राना मगर
सिन्धुली
खान्छु जागिर कमाउछु दाम पर्खनुस अामा
ल्याउछु एक दिन सुनौलो घाम पर्खनुस अामा
मान सम्मान अनि प्रशंसा पनि हजुर्कै हुने
गरेरै देखाउछु तेस्तो काम पर्खनुस अामा
जीबन डि सी ,
बा.न.पा.9 बस्नेवटा सल्यान
हाल,मलेसिया
अब पुरुष सँगै महिलाहरू बजार पुर्याउनुछ
समय कम भएकाले हतारहतार पुर्याउनुछ
किन कुल्चिन्छन मान्छेहरू नारी जातिलाई
कारण पत्ता लगाएर कारागार पुर्याउनुछ।
कलम चलाउने `चञ्चल´
कमलबजार न.पा.५
कुईका अछाम
हाल: धनगढी कैलाली ।
कहिल्यै हुँदैनन् पूरा हुँदा खानेको ।
सपना हुन्छन् अधुरा हुँदा खानेको ।
हुने खानेकै राज, चलेपछि जताततै,
कसले सुन्छन् र कुरा हुँदा खानेको ।
मेरुदण्ड राई
तिङ्ला, सोलुखुम्बु ।
परे पनि अथाह दु:ख पिर भनी दिनुहोला
नझार्नु आशु झुकाएर शिर भनि दिनुहोला
आमाको आँखामा खुशी उमंग खोज्दै पर्देशिएकी थिन अरे
आयो भने कात्रो मा शरीर भनि दिनुहोला
मगर टीका
घोराही उपमहानगर पालीका 1दाङ्ग
हाल: तुलसिपुर 9
अब फेरि तिम्रो साथ पाउदिन भन्छ मन
जे भयनि तिम्रो सामु आउदिन भन्छ मन
जति बेला दिएका ति धोका र पिडा सम्झन्छु
हो अब फेरि कहिलै माया लाऊदिन भन्छ मन
झरना खनाल प्यूठान स्वर्गद्वारि
हाल बुटवल
तनाब किन हुन्छ अनि पिर किन हुन्छ
चोटैचोटले छियाछिया शरीर किन हुन्छ
लग्छ यि भगवान पनि पक्षपाती रहेछन
मेरै मात्र जिन्दगीमा आखिर किन हुन्छ!!
प्रलाद यात्री
बिराटनगर
आज आएर मरितुल्य बनाई दियो उसले
सबै दोष म माथी नै खनाई दियो उसले
म शोकमा छु डुब्दैछन अनगिन्ती आसाहरु
स्वार्थी पोल्टो भरि उत्सव मनाई दियो उसले
दलु बुढाथोकी बिचल्लित
बबई गापा ७ दाङ
म सधै हुनेछु हर'बखत तिम्रै साथमा हुनेछु
पर्दाखेरि आपत बिपत तिम्रै साथमा हुनेछु
त्यो दिल भित्र कतै ठाउँ छ भने मेरो लागी
बनेर नशानशाको रगत तिम्रै साथमा हुनेछु
एक थकित मुसाफिर बाग्लुङ
साझ बिहान छाक टार्ने मानो नभएर
वर्षा हुदा छेक्ने गतिलो छानो नभएर
बाध्यतामा मलाई मुग्लान छिर्नु परेको,
श्रीमतीका ती नयन अोभानो नभएर
प्रेम विश्वकर्मा विवश
नौमुले गाउपालिका ३ दैलेख
जस्तो बिज रोप्यो उसले उस्तै फल पाउने छ
हेर्दै जाउ समयले एक दिन उसैलाई देखाउने छ
बुढा बाको हात छोडेर जस्ले कुकुर डोर्याउछ नि
एक दिन उसको छोराले नि कुकुर डोर्याउने छ
दिनेश बि:सी:
चौकुने गाउँपालिका-४ बिजौरा,सुर्खेत
हाल-बिरेन्द्रनगर-१७,लाटिकोईली,सुर्खेत
तिम्रो माया कति चोको छ तिमि नै जान,,
म बाहेक तिम्रो को-को छ तिमी नै जान,,
मन लागे झुल्किदिन्छौ फेरि हराईदिन्छौ,,
सम्झीएर मन कति रोको छ तिमी नै जान,,
सागर खड्का अर्घाखाँची हाल रुपन्देही
छ्म्छम् कहाँबाट हो खै दुरको आवाज जस्तो
यो कानमा पस्यो कोहिनुरको आवाज जस्तो
लाग्न थाल्यो उपहास काव्य सोही आफैँलाई
सुन्दा चकित भएँ म हजुरको आवाज जस्तो!
_____________
प्रकाश मगर बियोगी
फूल फुल्छ अनि झर्छ अचम्म लाग्छ
भमरा त्यो बाेट बाट सर्छ अचम्म लाग्छ
कस्तो कति अनाैठाे बिचित्र यो संसार
मान्छे जन्मन्छ अनि मर्छ अचम्म लाग्छ
अज्ञान्ता प्रज्ञा खिम्दिङ
ताप्लेजुङ
खस्छ बहुमुल्य अाशु अनि पानी भएर जान्छ!!
हर रात परेलि रुझाउने बानि भएर जान्छ!!
तिम्रै यादहरुले यति धेरै पिराेलिन पुगे छु कि
मुस्कुराउने सारा सपना खरानी भएर जान्छ!!
चित्र राेका "मगर"
ठेगाणा- त्रिवेणि गाउ पालिका १ काभ्रा
काेल्चाैर, सल्यान
एका एक मान्छे खराब हुदै छ
हेर्दै जानुस जिन्दगी धराब हुदै छ
सति ले सरापेको हाम्रो मुलुक मा
केहि गरेनी नहुने सराब हुदै छ
प्रदिप मगर
शा न पा १४ माल्नेटा
हाल श्रीनगर
मेरो असली पारा सबैलाई थाहा छ।
मैले तिम्लाइ कतिसम्म माया गर्छु भन्ने
यो दुनिया सारा सबैलाई थाहा छ।
सन्तोष थापा (मोट्टु)
क.न.पा-१ सिन्धुली नेपानीटार
आयपछी गयौ पिर यति भो ।
दुईदिन मेरि भयौ पिर यति भो ।
.....................................
जादा एक्लै जानु थियो प्रिय,
मन मुटु संगै लयौ पिर यति भो
एक्सन अा सिं
दामां गाउपालिका 2 सल्यान
हाल :घोराहि दाङ
म अचेल घरी घरी छटपटाइ रहन्छु
पानीबिनाको माछासरी छट्पटाई रहन्छु
उसका यादले सधै मुटु रेटिरहन्छ र त
निन्द्रा लाग्दैन रातभरि छट्पटाइ रहन्छु
जगत बि सी
शारदा न.पा.६ कौछे सल्यान
हाल - नेपालगन्ज ।
आधीहुरी मैलाई छानी कहिलेसम्म चल्दो रहेछ
त्यो दैवको मनोमानी कहिलेसम्म चल्दो रहेछ
खुसी छैन कत्ति पनि,सधैं पिरको भारी बोकी
हेरौं न यो जिन्दगानी कहिलेसम्म चल्दो रहेछ
रेश्मा राना मगर
सिन्धुली
खान्छु जागिर कमाउछु दाम पर्खनुस अामा
ल्याउछु एक दिन सुनौलो घाम पर्खनुस अामा
मान सम्मान अनि प्रशंसा पनि हजुर्कै हुने
गरेरै देखाउछु तेस्तो काम पर्खनुस अामा
जीबन डि सी ,
बा.न.पा.9 बस्नेवटा सल्यान
हाल,मलेसिया
अब पुरुष सँगै महिलाहरू बजार पुर्याउनुछ
समय कम भएकाले हतारहतार पुर्याउनुछ
किन कुल्चिन्छन मान्छेहरू नारी जातिलाई
कारण पत्ता लगाएर कारागार पुर्याउनुछ।
कलम चलाउने `चञ्चल´
कमलबजार न.पा.५
कुईका अछाम
हाल: धनगढी कैलाली ।
कहिल्यै हुँदैनन् पूरा हुँदा खानेको ।
सपना हुन्छन् अधुरा हुँदा खानेको ।
हुने खानेकै राज, चलेपछि जताततै,
कसले सुन्छन् र कुरा हुँदा खानेको ।
मेरुदण्ड राई
तिङ्ला, सोलुखुम्बु ।
परे पनि अथाह दु:ख पिर भनी दिनुहोला
नझार्नु आशु झुकाएर शिर भनि दिनुहोला
आमाको आँखामा खुशी उमंग खोज्दै पर्देशिएकी थिन अरे
आयो भने कात्रो मा शरीर भनि दिनुहोला
मगर टीका
घोराही उपमहानगर पालीका 1दाङ्ग
हाल: तुलसिपुर 9
अब फेरि तिम्रो साथ पाउदिन भन्छ मन
जे भयनि तिम्रो सामु आउदिन भन्छ मन
जति बेला दिएका ति धोका र पिडा सम्झन्छु
हो अब फेरि कहिलै माया लाऊदिन भन्छ मन
झरना खनाल प्यूठान स्वर्गद्वारि
हाल बुटवल
तनाब किन हुन्छ अनि पिर किन हुन्छ
चोटैचोटले छियाछिया शरीर किन हुन्छ
लग्छ यि भगवान पनि पक्षपाती रहेछन
मेरै मात्र जिन्दगीमा आखिर किन हुन्छ!!
प्रलाद यात्री
बिराटनगर
आज आएर मरितुल्य बनाई दियो उसले
सबै दोष म माथी नै खनाई दियो उसले
म शोकमा छु डुब्दैछन अनगिन्ती आसाहरु
स्वार्थी पोल्टो भरि उत्सव मनाई दियो उसले
दलु बुढाथोकी बिचल्लित
बबई गापा ७ दाङ
म सधै हुनेछु हर'बखत तिम्रै साथमा हुनेछु
पर्दाखेरि आपत बिपत तिम्रै साथमा हुनेछु
त्यो दिल भित्र कतै ठाउँ छ भने मेरो लागी
बनेर नशानशाको रगत तिम्रै साथमा हुनेछु
एक थकित मुसाफिर बाग्लुङ
साझ बिहान छाक टार्ने मानो नभएर
वर्षा हुदा छेक्ने गतिलो छानो नभएर
बाध्यतामा मलाई मुग्लान छिर्नु परेको,
श्रीमतीका ती नयन अोभानो नभएर
प्रेम विश्वकर्मा विवश
नौमुले गाउपालिका ३ दैलेख
जस्तो बिज रोप्यो उसले उस्तै फल पाउने छ
हेर्दै जाउ समयले एक दिन उसैलाई देखाउने छ
बुढा बाको हात छोडेर जस्ले कुकुर डोर्याउछ नि
एक दिन उसको छोराले नि कुकुर डोर्याउने छ
दिनेश बि:सी:
चौकुने गाउँपालिका-४ बिजौरा,सुर्खेत
हाल-बिरेन्द्रनगर-१७,लाटिकोईली,सुर्खेत
तिम्रो माया कति चोको छ तिमि नै जान,,
म बाहेक तिम्रो को-को छ तिमी नै जान,,
मन लागे झुल्किदिन्छौ फेरि हराईदिन्छौ,,
सम्झीएर मन कति रोको छ तिमी नै जान,,
सागर खड्का अर्घाखाँची हाल रुपन्देही
छ्म्छम् कहाँबाट हो खै दुरको आवाज जस्तो
यो कानमा पस्यो कोहिनुरको आवाज जस्तो
लाग्न थाल्यो उपहास काव्य सोही आफैँलाई
सुन्दा चकित भएँ म हजुरको आवाज जस्तो!
_____________
प्रकाश मगर बियोगी
फूल फुल्छ अनि झर्छ अचम्म लाग्छ
भमरा त्यो बाेट बाट सर्छ अचम्म लाग्छ
कस्तो कति अनाैठाे बिचित्र यो संसार
मान्छे जन्मन्छ अनि मर्छ अचम्म लाग्छ
अज्ञान्ता प्रज्ञा खिम्दिङ
ताप्लेजुङ
खस्छ बहुमुल्य अाशु अनि पानी भएर जान्छ!!
हर रात परेलि रुझाउने बानि भएर जान्छ!!
तिम्रै यादहरुले यति धेरै पिराेलिन पुगे छु कि
मुस्कुराउने सारा सपना खरानी भएर जान्छ!!
चित्र राेका "मगर"
ठेगाणा- त्रिवेणि गाउ पालिका १ काभ्रा
काेल्चाैर, सल्यान
एका एक मान्छे खराब हुदै छ
हेर्दै जानुस जिन्दगी धराब हुदै छ
सति ले सरापेको हाम्रो मुलुक मा
केहि गरेनी नहुने सराब हुदै छ
प्रदिप मगर
शा न पा १४ माल्नेटा
हाल श्रीनगर

0 comments: