16 Episode
जीवन संग दाजेर हेर्छन् उडेको चंगालाई.!
माया संग गासेर हेर्छन् चुडेको चंगालाई.!!
उड्छ चंगा,भेटिन्छ कोही,नील गगनमा,
टुट्छ धागा,देखिन्न फेरी,जुडेको चंगालाई - !!!
माया संग गासेर हेर्छन् चुडेको चंगालाई.!!
उड्छ चंगा,भेटिन्छ कोही,नील गगनमा,
टुट्छ धागा,देखिन्न फेरी,जुडेको चंगालाई - !!!
दिपेश कुमार महतारा [ दिपु ]
कांरागिठी ९ सल्यान,
हाल: जोहोर बारु मलेशिया बाट,
न घरको बनायौ न घाट को बनायौ। तिमिले जिन्दगी वर,बात पो बनायौ। सारा जवानी लुटाएर पराइ सङग, न उसको भयौ न आफ्नै जात को बनायौ। Thakur Prasad Oli Salyan Damachaur Haal-UAE,
कांरागिठी ९ सल्यान,
हाल: जोहोर बारु मलेशिया बाट,
न घरको बनायौ न घाट को बनायौ। तिमिले जिन्दगी वर,बात पो बनायौ। सारा जवानी लुटाएर पराइ सङग, न उसको भयौ न आफ्नै जात को बनायौ। Thakur Prasad Oli Salyan Damachaur Haal-UAE,
तिमी खुकुरी म चोट खाने अचानो भए ।
तिम्रो महल मेरो झुपडीको छानो भए ।।
के माया गरौली र मलाई तिमीले पनि ।
जात तिम्रो त्यो ठूलो अनि मेरो सानो भए ।।
छवि किरण शर्मा
कोटवारा ८ सल्यान
हाल लिवाङ रोल्पा
तिम्रो महल मेरो झुपडीको छानो भए ।।
के माया गरौली र मलाई तिमीले पनि ।
जात तिम्रो त्यो ठूलो अनि मेरो सानो भए ।।
छवि किरण शर्मा
कोटवारा ८ सल्यान
हाल लिवाङ रोल्पा
जाने भए मेरो माया मारेरै जानू ।।
सिउदाेमा पराई सिन्दुर पारेरै जानू ।।
फर्कि नहेर्नु अब यता कहिल्यै मलाई ।
अझै छाति मा तिम्रो पाउ सारेरै जानू ।।
:-देब क्षेत्रि *घायल* ।
:-कुपिण्डे दह ७ सल्यान ।
:-हाल- प्रबाँस ।
सिउदाेमा पराई सिन्दुर पारेरै जानू ।।
फर्कि नहेर्नु अब यता कहिल्यै मलाई ।
अझै छाति मा तिम्रो पाउ सारेरै जानू ।।
:-देब क्षेत्रि *घायल* ।
:-कुपिण्डे दह ७ सल्यान ।
:-हाल- प्रबाँस ।
सङ्गै पाइला चाल्दै गर्दा तिमी तर्किनु भुल थियो
त्यो गन्तव्यमा नपुगे'रै तिमी फर्किनु भुल थियो ।
सत्य कुरा बोल्न खोज्दा बोली बन्द भए पछि
मैले मुख नखुलाउ"दै तिमी झर्किनु भुल थियो ।
~~ अमरदीप बुढाथोकी
बाझकाडा १ धानेटाकुरा मोखला सल्यान
त्यो गन्तव्यमा नपुगे'रै तिमी फर्किनु भुल थियो ।
सत्य कुरा बोल्न खोज्दा बोली बन्द भए पछि
मैले मुख नखुलाउ"दै तिमी झर्किनु भुल थियो ।
~~ अमरदीप बुढाथोकी
बाझकाडा १ धानेटाकुरा मोखला सल्यान
दुख अनि पीडा को रास देखेर ।।
ना घर को ना घात को बाँस देखेर।।
धन कमाई घर फर्किने आस मरि सक्यो
प्रदेश मा साथी भाईको लास देखेर।।
एल के बिबश बि क
शारदा नगरपालिका ८ सिमखर्क
सल्यान हाल मलेशिया
ना घर को ना घात को बाँस देखेर।।
धन कमाई घर फर्किने आस मरि सक्यो
प्रदेश मा साथी भाईको लास देखेर।।
एल के बिबश बि क
शारदा नगरपालिका ८ सिमखर्क
सल्यान हाल मलेशिया
न दिन मेरो काल हुनेछ
पक्कै तिम्रो नाम बिशाल हुनेछ
म छोडेर जदैछु यो संसार बाट
अनि तिमिलाइ पक्कै मायाको अनिकाल हुनेछ
open heart
पक्कै तिम्रो नाम बिशाल हुनेछ
म छोडेर जदैछु यो संसार बाट
अनि तिमिलाइ पक्कै मायाको अनिकाल हुनेछ
open heart
म यो जिवन खास, बनाउँन खोजि रहेछु !
आफ्नु मनलाई दास, बनाउँन खोजि रहेछु !!
निर्दोष प्रेमी पागल भएको छ जस्को मायामा,
न्याय दिने इजलास, बनाउँन खोजि रहेछु !!
~महेश शर्मा रश्मि
कोहलपुर,हाल शिवजन उ. मा. वि. मा Isc.Ag अध्ययनरत !
आफ्नु मनलाई दास, बनाउँन खोजि रहेछु !!
निर्दोष प्रेमी पागल भएको छ जस्को मायामा,
न्याय दिने इजलास, बनाउँन खोजि रहेछु !!
~महेश शर्मा रश्मि
कोहलपुर,हाल शिवजन उ. मा. वि. मा Isc.Ag अध्ययनरत !
हुनेले त ऐउटा माथि अर्को सीरक खाप्दै होलान ।
दाउरा पराल सल्कायर ट्रन आगो ताप्दै होलान ।।
शिसीरको यो सिरेटोमा घामले बाटो बिराउदा ।
केहि नहुने सडकमा मुटु छाम्दै काप्दै होलान ।।
दाउरा पराल सल्कायर ट्रन आगो ताप्दै होलान ।।
शिसीरको यो सिरेटोमा घामले बाटो बिराउदा ।
केहि नहुने सडकमा मुटु छाम्दै काप्दै होलान ।।
बुढाथोकि अनुपम संगम + पुष्पा अन्जलि बुढाथोकि
कांरागिठी 1 बिरानो बस्ति अरिगाले
सल्यान
कांरागिठी 1 बिरानो बस्ति अरिगाले
सल्यान
हुनु पर्छ छिट्टै कि वार कि पार हुनु पर्छ
या त तिम्रो र मेरो सुनौलो संसार हुनुपर्छ
नत्र जे पनि गर्न सक्छ यो पागल प्रेमीले
कि त पिडा कम हुने कुनै आधार हुनुपर्छ
या त तिम्रो र मेरो सुनौलो संसार हुनुपर्छ
नत्र जे पनि गर्न सक्छ यो पागल प्रेमीले
कि त पिडा कम हुने कुनै आधार हुनुपर्छ
बिकेन्द्र सहयात्री
ओखलढुंगा ठुलाछाप-१,जोरधारा
ओखलढुंगा ठुलाछाप-१,जोरधारा
माया गर्छु भन्थ्यौ मलाई छोडी गयौं किन,
लाको माया खाको कसम तोडी गयौ किन,,
तिमी सग जिउने मर्ने चाहान भन्थ्यौ पहिले,
पराईलाई नै अगालेर नाता जोडी गयौ किन,,
अमृत राणा
पञ्चकुले ५ दाङ
हाल:सात समुन्द्र पारी रियाद साउदी अरब
लाको माया खाको कसम तोडी गयौ किन,,
तिमी सग जिउने मर्ने चाहान भन्थ्यौ पहिले,
पराईलाई नै अगालेर नाता जोडी गयौ किन,,
अमृत राणा
पञ्चकुले ५ दाङ
हाल:सात समुन्द्र पारी रियाद साउदी अरब
यतैबाट जाउ जाउ कसलाइ नभन्नु। (2)
चोखो माया लाउ लाउ जसलाई नभन्नु।
जब आउनेछन तिमिलाइ माग्न ।
भागेर जाउ जाउ बसलाइ नभन्नु।
चोखो माया लाउ लाउ जसलाई नभन्नु।
जब आउनेछन तिमिलाइ माग्न ।
भागेर जाउ जाउ बसलाइ नभन्नु।
सन्तोष थापा
फलाबाङ सल्यान
हाल मलेसिया
फलाबाङ सल्यान
हाल मलेसिया
याद उस्को नमेट्दिने कुपिन्डेको तालले पनि
कागज सरि नबगाउने सारदाको छालले पनि
अन्तिम इच्छा यमराजको प्यारी हुन मन छ
मलाई लान बिर्सिदिन्छ पापी यो कालले पनि
Rituu Magar
खाली सल्यान
कागज सरि नबगाउने सारदाको छालले पनि
अन्तिम इच्छा यमराजको प्यारी हुन मन छ
मलाई लान बिर्सिदिन्छ पापी यो कालले पनि
Rituu Magar
खाली सल्यान
मलाई नसोधी यो निर्णय कसरी गरिन,,
एक्कसी गाउँ छोडी सहर कसरी झरीन,,
मेरो पबित्र मायाको तिलान्जली दिएर,,
पराइको हातबाट सिउंदो कसरी भरिन,,
सागर खड्का
अर्घाखाँची हाल रुपन्देही
एक्कसी गाउँ छोडी सहर कसरी झरीन,,
मेरो पबित्र मायाको तिलान्जली दिएर,,
पराइको हातबाट सिउंदो कसरी भरिन,,
सागर खड्का
अर्घाखाँची हाल रुपन्देही
हो रगत र बगतको डरले फाटि रहेछु!!
महलको माझ झोपडि हूनाले ढाटि रहेछू!!
सूःख शान्तिको ओखति चाइदैन
म त आँशूको भेल तइरदै जिन्दगि काटि रहेछू!!
नर बोगटी धमाली 8अछाम
हाल भारत
महलको माझ झोपडि हूनाले ढाटि रहेछू!!
सूःख शान्तिको ओखति चाइदैन
म त आँशूको भेल तइरदै जिन्दगि काटि रहेछू!!
नर बोगटी धमाली 8अछाम
हाल भारत
मायाँले नै मायालाइ साथ दिन्छ रे
विच बाटोमा आइ कहिले घात दिन्छ रे
संगै जीवन बिताउने सपना देख्छ मान्छे
त्यहि सपनालाई कुल्चेर लात दिन्छ रे।।।
घनश्याम डि सी
लेखपोखरा पाखापानी सल्यान
विच बाटोमा आइ कहिले घात दिन्छ रे
संगै जीवन बिताउने सपना देख्छ मान्छे
त्यहि सपनालाई कुल्चेर लात दिन्छ रे।।।
घनश्याम डि सी
लेखपोखरा पाखापानी सल्यान
काटेर घाँस दाउरा बाेक्दै हाेलिन मेरी अामा ।
नबल्दा आगाे चुलाेमा फुक्दै हाेलिन मेरी अामा ।
सेवा देशको गर्छु भनी गाकाे छाेराे अाउने अासमा ।
भाका राखि मठमन्दिर ढाेक्दै हाेलिन मेरी अामा ।
नबल्दा आगाे चुलाेमा फुक्दै हाेलिन मेरी अामा ।
सेवा देशको गर्छु भनी गाकाे छाेराे अाउने अासमा ।
भाका राखि मठमन्दिर ढाेक्दै हाेलिन मेरी अामा ।
खकेन्द्र अबिरल केसी
सल्यान दमाचाैर 1 चामि
हाल तुलसीपुर दाङ ।
सल्यान दमाचाैर 1 चामि
हाल तुलसीपुर दाङ ।
दिल को बाटो काँडे तार ले, बारेको पनि थिएँन
तिमी लाई गर्ने चोखो माया, मारेको पनि थिएँन
कसरी बन्न पुग्यौ आज ,पराई को मान्छे तिमि
तिम्रो खुशी को लागि ,हर बाजि हारेको पनि थिएँ
तिमी लाई गर्ने चोखो माया, मारेको पनि थिएँन
कसरी बन्न पुग्यौ आज ,पराई को मान्छे तिमि
तिम्रो खुशी को लागि ,हर बाजि हारेको पनि थिएँ
मगर "दिपु" दिपेन्द्र
माझकाँडा १ थापाचौर सल्यान
हाल = मलेशिया
माझकाँडा १ थापाचौर सल्यान
हाल = मलेशिया
गर्ने भए अाउँ मन सँग दाेस्ती गर।
मर्ने भए जाउँ धन सँग दाेस्ती गर।
प्रेमकाे फुल नि नफुल्दै अाेईलिएर,
झर्ने भए ठाउँ वन सँग दाेस्ती गर।
Sentimental Heart
मन
राङ्काेट् -2राेल्पा
हाल मलेसिया
मर्ने भए जाउँ धन सँग दाेस्ती गर।
प्रेमकाे फुल नि नफुल्दै अाेईलिएर,
झर्ने भए ठाउँ वन सँग दाेस्ती गर।
Sentimental Heart
मन
राङ्काेट् -2राेल्पा
हाल मलेसिया
तिम्रो जित अनि मेरो हार फरक हुन सक्छ !
मेरो घर अनि तिम्रो दरबार फरक हुन सक्छ !
कोहि बनाउछन त कोहि भत्काउछन हेर त..
मान्छे मान्छे मै पनि बिचार फरक हुन सक्छ
भरत बस्नेत
दैलेख ९ कुम्रि
हाल ; छितिज पारी बिरानो बस्ति बाट
मेरो घर अनि तिम्रो दरबार फरक हुन सक्छ !
कोहि बनाउछन त कोहि भत्काउछन हेर त..
मान्छे मान्छे मै पनि बिचार फरक हुन सक्छ
भरत बस्नेत
दैलेख ९ कुम्रि
हाल ; छितिज पारी बिरानो बस्ति बाट
धुलाेसंग खेल्ने मलाई के छानौली र।।
महल त छैना झुपडीमा वस्ना के मानौली र।।
हिरामाेती सुन्चाँदी नभाकाे याे यामसंग।
घाँस दाउरा गर्नुपर्छ तिमी के जानौली र।।
याम बाबू ओलि घायल
लेखपाेखरा ५ पोखरा सल्यान
हाल=मलेसिया
महल त छैना झुपडीमा वस्ना के मानौली र।।
हिरामाेती सुन्चाँदी नभाकाे याे यामसंग।
घाँस दाउरा गर्नुपर्छ तिमी के जानौली र।।
याम बाबू ओलि घायल
लेखपाेखरा ५ पोखरा सल्यान
हाल=मलेसिया
हुन्छन्, दुनियाँमा मान्छे, अनेकथरी हुन्छन्।
हसाउने थोरै प्राय रुवाउने धरधरी हुन्छन्॥
ख्याल गर्नुहोस् कुनै राम्रो काम गर्न खोज्दा।
खुट्टा तान्ने मान्छेहरु आफ्नै वरिपरि हुन्छन्॥
छबिकिरण अधिकारी
बागचौर नगरपालिका
10 पिपलनेटा सल्यान
हसाउने थोरै प्राय रुवाउने धरधरी हुन्छन्॥
ख्याल गर्नुहोस् कुनै राम्रो काम गर्न खोज्दा।
खुट्टा तान्ने मान्छेहरु आफ्नै वरिपरि हुन्छन्॥
छबिकिरण अधिकारी
बागचौर नगरपालिका
10 पिपलनेटा सल्यान
भगवानले नै आज मलाई ढाटे जस्तो लाग्यो।।
मेरो सारा खुसी अन्त कतै साटे जस्तो लाग्यो।।
तिम्रो तस्वीर हेरि रुन्छु पागल बनी म।।
पिरै पिरले आज यो मन फाटे जस्तो लाग्यो।।
मेरो सारा खुसी अन्त कतै साटे जस्तो लाग्यो।।
तिम्रो तस्वीर हेरि रुन्छु पागल बनी म।।
पिरै पिरले आज यो मन फाटे जस्तो लाग्यो।।
दिपक पुन, फलाबाङ 3 रामुचवर सल्यान
हाल: बिरानो बस्ती
हाल: बिरानो बस्ती
न जोस थियो न जागर थियो।
ऊ सॅग प्रेम गरने खालि रहर थियो।l
आज उ डोलि चढि पराई बनेकि छरे।।।
उसले मलाई सुनायको त्यो खबर थियो।।।
।keerti raj oli ghaya
bagchaur municipality 8 parilekh
ऊ सॅग प्रेम गरने खालि रहर थियो।l
आज उ डोलि चढि पराई बनेकि छरे।।।
उसले मलाई सुनायको त्यो खबर थियो।।।
।keerti raj oli ghaya
bagchaur municipality 8 parilekh
जिन्दगी मेरो गतिसिल छ, गन्तव्य अझै भेटे छैन//
मन भित्रको तिम्रो तस्वीर अहँ मैले मेटे छैन//
बाध्यता ले पराई हुदाँ धोकेबाज नसम्झिनु//
तिमि जस्ति मनको साथि यो संसार मा भेटे छैन//
प्रदिप कुमार गुरूङ(पुर्ण)
बिरेन्द्र नगर 8ईत्राम सुर्खेत हाल गोवा़ ईण्डिया
मन भित्रको तिम्रो तस्वीर अहँ मैले मेटे छैन//
बाध्यता ले पराई हुदाँ धोकेबाज नसम्झिनु//
तिमि जस्ति मनको साथि यो संसार मा भेटे छैन//
प्रदिप कुमार गुरूङ(पुर्ण)
बिरेन्द्र नगर 8ईत्राम सुर्खेत हाल गोवा़ ईण्डिया
खाली सिउदो रंगाउन /होलि लिएर आउछु !!
पर्खिनु है जन्ती अनि /दोलि लिएर आउछु
पर्खिनु है जन्ती अनि /दोलि लिएर आउछु
सजाउँला तिमि लाई ब्याउली बनाएर !!
सिन्दुर अनि पोटे /चोली लिएर आउछु
सिन्दुर अनि पोटे /चोली लिएर आउछु
कर्ण बहादुर बुढा मगर ( रिदेश प्रेम )
सुब घाट गँगा माला नगरपालिका
गुमि=सुर्खेत
हाल- प्रवास बाट
सुब घाट गँगा माला नगरपालिका
गुमि=सुर्खेत
हाल- प्रवास बाट
बर्षौ पछि प्यारी तिम्रो सिन्दुर भरेर जाँदैछु
घरका सबै काम कुरा तिम्रै भर परेर जाँदैछु
तिमि सँगै बस्ने रम्ने चाहाना हुदा हुदै पनि
आज बाध्यता ले सात समुन्द्र तरेर जाँदैछु
घरका सबै काम कुरा तिम्रै भर परेर जाँदैछु
तिमि सँगै बस्ने रम्ने चाहाना हुदा हुदै पनि
आज बाध्यता ले सात समुन्द्र तरेर जाँदैछु
अमर मगर भाबुक
सैघा 9 दाङ्
सैघा 9 दाङ्
जाउ जाउ कालि पराइ संगै रमाएर जाउ ।।
तिम्रो हातले उस्को हातलाइ समाएर जाउ ।।
झुट्टा कसम खानेको भर लाग्नै छोडो अब
बाचा कसम भगवान लाई थमाएर जाउ ।।
तिम्रो हातले उस्को हातलाइ समाएर जाउ ।।
झुट्टा कसम खानेको भर लाग्नै छोडो अब
बाचा कसम भगवान लाई थमाएर जाउ ।।
कुमार रेग्मी चितवन
हाल खाडि मुलुक
साउदी अरेबिया ।।
हाल खाडि मुलुक
साउदी अरेबिया ।।
जीन्दगीको लामो सफर हुदो रहेछ/
नपुग्दै गनतब्यमा ठक्कर हुदो रहेछ/
भगवानको नाममा लाखौ खर्च गरिन्छ किन?
आखिर भगवानको मन त पत्थर हुदो रहेछ/
नपुग्दै गनतब्यमा ठक्कर हुदो रहेछ/
भगवानको नाममा लाखौ खर्च गरिन्छ किन?
आखिर भगवानको मन त पत्थर हुदो रहेछ/
दि बि घायल
रोल्पा बडाचौर नौ सेवार
हाल. मलेसिया जोर बारू
रोल्पा बडाचौर नौ सेवार
हाल. मलेसिया जोर बारू
तिम्रै कारणले हिजो लडाइँ भइदियो ।
आफ्नै ठानेको मान्छे पराई भइदियो।।
लाखौ कोसिस गरे तिमी लाई पाउन तर ,
मलाई समाजले नै दोषी ठहराई दियो ।।।
आफ्नै ठानेको मान्छे पराई भइदियो।।
लाखौ कोसिस गरे तिमी लाई पाउन तर ,
मलाई समाजले नै दोषी ठहराई दियो ।।।
हेमन्त गौतम
त्रिवेणी 1 टुनिबोट सल्यान
त्रिवेणी 1 टुनिबोट सल्यान
के भ ई राछ अ ह ,थाहा मनलाई छैन
धेरै दिन भो पट्क्कै, आ ...हा.... मनलाई छैन
हात समाई दोहोर्यौ, दोहोरिए तिमी सँग
देखायौ सपना देखे अब, चाहा मनलाई छैन
Ashok pariyar ..
Ghorahi 11 sarswoti tool kathekhol dang
Hal. ..saudi bata
धेरै दिन भो पट्क्कै, आ ...हा.... मनलाई छैन
हात समाई दोहोर्यौ, दोहोरिए तिमी सँग
देखायौ सपना देखे अब, चाहा मनलाई छैन
Ashok pariyar ..
Ghorahi 11 sarswoti tool kathekhol dang
Hal. ..saudi bata
कसैको मुस्कान संग लठ्ठ नहुनुहोस्।
ढुंगाको भगवान संग लठ्ठ नहुनुहोस्।
नजरबाट मुटुमा बाण हान्नेहरुछन,
जो-कोहि अन्जान संग लठ्ठ नहुनुहोस।
-नविन संघर्ष(sindhuli)
ढुंगाको भगवान संग लठ्ठ नहुनुहोस्।
नजरबाट मुटुमा बाण हान्नेहरुछन,
जो-कोहि अन्जान संग लठ्ठ नहुनुहोस।
-नविन संघर्ष(sindhuli)
भन्छिन् सानी सिन्दुरको धर्का सम्झन्छु म
बाहिर मन डुलाउदिन एक अर्का सम्झन्छु म
आफ्नो ईच्छा पुरागरी फर्कनुस् है हजुर
छिट्टै पनि भन्दिन पिर मर्का सम्झन्छु म
बाहिर मन डुलाउदिन एक अर्का सम्झन्छु म
आफ्नो ईच्छा पुरागरी फर्कनुस् है हजुर
छिट्टै पनि भन्दिन पिर मर्का सम्झन्छु म
नबराज सुनार
तुल्सीपुर दाङ
हाल;दोहा कतार बाट
तुल्सीपुर दाङ
हाल;दोहा कतार बाट
तिमी बिना जिउन बेकार छ,
ऑशु मात्र पिउन बेकार छ!
दुखाई मै बित्छ भने जिन्दगी,
फाटेको मन सिउन बेकार छ!!
ऑशु मात्र पिउन बेकार छ!
दुखाई मै बित्छ भने जिन्दगी,
फाटेको मन सिउन बेकार छ!!
खिम प्रकाश कुंवर
सोनपुर-९, सिमलघारी (बॉके)
सोनपुर-९, सिमलघारी (बॉके)
भेट्दा खुसिले आँसु झरेको पल /
रहदा सङ्ग संगै माया छरेको पल/
बिर्सन खोज्दा पनि भुल्नै सकिन मैले/
तिमिलाई आफ्नो ठानी माया गरेको पल/
संगीत प्रेमी राजेन्द्र चन्द घाएल
बिरेन्द्रनगर सुर्खेत
रहदा सङ्ग संगै माया छरेको पल/
बिर्सन खोज्दा पनि भुल्नै सकिन मैले/
तिमिलाई आफ्नो ठानी माया गरेको पल/
संगीत प्रेमी राजेन्द्र चन्द घाएल
बिरेन्द्रनगर सुर्खेत
हलो सहित गोरु धान्ने जुवालाई हेर ।
असिनाको चोट सहने पालुवालाई हेर ।
जवानीमै धेरै दुख पा'को छु भन्छौ तिमी ,
दुख बुझ्न अशक्त र बिधुवा लाई हेर ।
सन्तोष अम्गाई
नाम्जुङ्ग 2 गोरखा
हाल द-कोरिया
सहयात्रा मुक्तक सङ्ग्रह बाट
असिनाको चोट सहने पालुवालाई हेर ।
जवानीमै धेरै दुख पा'को छु भन्छौ तिमी ,
दुख बुझ्न अशक्त र बिधुवा लाई हेर ।
सन्तोष अम्गाई
नाम्जुङ्ग 2 गोरखा
हाल द-कोरिया
सहयात्रा मुक्तक सङ्ग्रह बाट
भताभुङग पारी सपना फोडि भन्दै थिई
अनि उसले अन्तै पाईला मोडि भन्दै थिई
बिस्वास गरि सबै कुरा सुम्पिइदिदा महिले
लुट्नुसम्म लुटि सबै छोडी भन्दै थिई
अनि उसले अन्तै पाईला मोडि भन्दै थिई
बिस्वास गरि सबै कुरा सुम्पिइदिदा महिले
लुट्नुसम्म लुटि सबै छोडी भन्दै थिई
Bयुवराज मानन्धर
स्याङ्जा हाल पोखरा
स्याङ्जा हाल पोखरा
जानी गयौँ या नजानी गयौँ
तिम्ले जे गयौँ आफ्नै मनोमानी गयौँ
हिजो तिम्रै हुन्छु भनि आस देखाएर
आज फेरी किन बेमानी गयौँ
तिम्ले जे गयौँ आफ्नै मनोमानी गयौँ
हिजो तिम्रै हुन्छु भनि आस देखाएर
आज फेरी किन बेमानी गयौँ
देब सजन सुनार
भेरीमालिका न.पा.५जाजरकोट
भेरीमालिका न.पा.५जाजरकोट
बिग्रियछ आज्काल मति छोड्छु भन्दै छे/
न बुझेरै किन आज्काल पराई बन्दैछे/
मायाँ पनि लायकै थियौँ कसम पनि खायकै थियौँ/
किन आज्काल तेहिँ मायाँको जरो खन्दै छे/
बिग्रियछ आज्काल मति छोड्छु भन्दै छे/
छबिदेब बुढाथोकि
ठेगाना काभ्रा ७ रामबजार सल्यान
हाल कालको मुख बिरानो मुलुक मलेसिया
न बुझेरै किन आज्काल पराई बन्दैछे/
मायाँ पनि लायकै थियौँ कसम पनि खायकै थियौँ/
किन आज्काल तेहिँ मायाँको जरो खन्दै छे/
बिग्रियछ आज्काल मति छोड्छु भन्दै छे/
छबिदेब बुढाथोकि
ठेगाना काभ्रा ७ रामबजार सल्यान
हाल कालको मुख बिरानो मुलुक मलेसिया

0 comments: